प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् ।
सातवटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरु छन् । उनीहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् ।
सातवटा प्रदेशमा गठबन्धनका दलहरुसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका छन् । सातवटा प्रदेशमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाबाट २२ र जनता समाजवादी पार्टीबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी बढाइएको छ । सम्भवत आउँदो हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने विश्वस्त स्रोतले जानकारी गराएको छ ।
यसैगरी, ओली सरकारका पालामा भएका कतिपय नियुक्तिहरु खारेज वा नियुक्तलाई हटाउनेबारे समेत छलफल बढेको छ ।