• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, चैत ०८, २०७९ | Wednesday 22nd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

महाकाली सिँचाइ आयोजना निर्माण सुस्त

  •  संवाददाता
  • शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डेढ दशकमा १२ किलोमिटर मात्रै मूल नहर बन्यो, ४१ हेक्टर जमिनको मुआब्जा दिन बाँकी
    कञ्चनपुर — महाकाली सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माणको काम सुरु भएको डेढ दशक पुग्यो । कहिले बजेट अभाव त कहिले मुआब्जा विवादका कारण हालसम्म आयोजनाको १२ किलोमिटर मात्रै नहर निर्माणको काम सम्पन्न भएको छ । थप १६ किलोमिटर निर्माणाधीन छ ।

     

    गत वर्षदेखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिए पनि निर्माण कार्यले गति लिन सकेको छैन । न्यून बजेट र मुआब्जा विवादकै कारण अहिले पनि नहर निर्माणमा ढिलाइ भइरहेको आयोजना कार्यालयले जनाएको छ । ‘ऐलानी जग्गा र सामुदायिक वनको मुआब्जा विवाद यसपटक टुंगिएको छ,’ आयोजना निर्देशक रणबहादुर बमले भने, ‘अब मुआब्जा वितरणपछि काम अगाडि बढ्नेछ ।’ उनका अनुसार मुआब्जा वितरणका लागि बजेट अभाव देखिएकाले केन्द्रमा अनुरोध गरिएको छ । चारवटा सामुदायिक वनको २९ हेक्टर र ऐलानी १२ हेक्टर गरी ४१ हेक्टर जमिनको मुआब्जा वितरण गर्न बाँकी छ ।
    २०६३/६४ मा सुरु भएको तेस्रो चरणको नहर निर्माणअन्तर्गत हालसम्म ब्रह्मदेवदेखि मुसेपानीसम्मको १२ किमि बनेको छ । मुसेपानीदेखि शुक्लाफाँटा नगरपालिकासम्मको थप १६ किमि नहर निर्माणाधीन छ । चालु आर्थिक वर्षको बजेटमा आयोजनाका लागि १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

    विगतमा भारततर्फ नहर निर्माणको काम सुरु नभएकाले पनि नेपालतर्फ सुस्त गतिमा काम चलिरहेको थियो । भारतले टनकपुर ब्यारेजको आफ्नो क्षेत्रमा १२ सय मिटर नहर निर्माणको काम गत वर्षदेखि सुरु गरेको छ । महाकाली सन्धिअनुसार नेपाल–भारत सीमासम्म १२ सय मिटर नहर भारतले निर्माण गर्नुपर्ने उल्लेख छ । ‘डिसेम्बरसम्म नहरमा पानी छाड्ने योजनाअनुसार काम चलिरहेको भारतीय पक्षले जनाएको छ,’ आयोजना निर्देशक बमले भने, ‘अब हामीलाई पनि कामको गति बढाउनुपर्ने दबाब छ ।’

     

    टनकपुर बाँधको जलाशयको कति गहिराइबाट नेपालले पानी पाउने भन्ने विषयमै लामो समय विवाद चलेको थियो । नेपालले १४२ मिटर गहिराइबाट पानी दिनुपर्ने माग गरिरहेको थियो भने भारतीय पक्षले १४५ मिटर गहिराइबाट दिनुपर्ने अडान लिएको थियो । लामो समयको छलफलपछि भारतीय पक्ष १४४.२५ मिटर गहिराइको सतहबाट पानी दिन तयार भएको थियो । उक्त विवाद समाधान भएपछि भारतीय पक्षले नहर निर्माणको काम अघि बढाएको हो ।

    चालु आर्थिक वर्षमा मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको तयारी थालिएको आयोजना निर्देशक बमले बताए । उनका अनुसार भारतीय पक्षले नहर निर्माण गरेर पानी छाड्ने तयारी गरेपछि पहिलो चरणमा निर्माण भएको नहरका शाखा प्रशाखा बनाउने काम अघि बढाउन तयारी थालिएको हो । आगामी वर्ष शाखा र प्रशाखाको काम सकेर पानी सञ्चालन गरिने उनको भनाइ छ ।

    ब्रह्मदेवदेखि गोदावरीसम्म मूल नहर ४७ किमि र शाखा नहरसमेत गरेर १ सय ५१ किमि लम्बाइको उक्त नहरबाट झन्डै ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । तर केही वर्षयता स्थानीय तहका केन्द्र तथा वडाको केन्द्रमा व्यापक मात्रामा भौतिक पूर्वाधारसँगै घडेरीका रूपमा जमिन बिक्री बढेकाले आयोजनाको क्षेत्र पनि घट्दै जाने अनुमान छ । तेस्रो चरणअन्तर्गत नै शारदा नहरबाट दोधारा–चाँदनीका लागि निर्माण हुने नहरको हालसम्म कुनै टुंगो छैन । उक्त क्षेत्रमा पनि नेपाल–भारत सीमासम्म १२ सय मिटर नहर भारतले नै निर्माण गर्नुपर्नेछ ।

    • कंचनपुर
    • महाकाली सिँचाइ आयोजना
    शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.