साउने सोमबार मनाउन देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ। भगवान् शिवको पूजाआरधना गरी हिन्दूधर्मावलम्बीहरुले साउनका सबै सोमबार विशेष रुपमा मनाउँदै आएका छन्।
खासगरी महिलाहरुले श्रीमानको दीर्घायू एवम् सुस्वास्थ्यको कामना गर्दै साउने सोमबार विशेष रुपमा मनाउँछन्। हातमा मेहन्दी लगाएर, हरियो–पहेंलो पहिरनमा सजिएर, ब्रत बसी भगवान् शिवको प्रार्थना गरी महिलाहरुले साउने सोमबार मनाउने चलन छ।
साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।