• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

कक्षा १२ को परीक्षा साउन ३१ देखि,कस्तो छ तयारी र व्यवस्था ?

"सुदूरपश्चिममा ३४ हजार ९ सय ८३ परीक्षार्थी "
  •  संवाददाता
  • बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कक्षा १२ को परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको राष्ट्रिय परीक्षा वोर्ड,प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ । श्रावण ३१ गते देखी भाद्र ९ गते सम्म बिहान ११ बजे देखी २ बजेको अवधि सम्म कक्षा १२ को परीक्षा सञ्चालन हुने प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख उत्तमदेव विष्टले बताए ।

    ‘परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका,प्रवेश पत्र लगायतका सामाग्री पु¥याउने काम भइरहेको छ,परीक्षाको सञ्चालनको तयारी अन्तिम चरणमा छ’,विष्टले भने,‘यस वर्ष कैलाली–कञ्चनपुरमा अनलाइन विधिबाट प्रश्न पत्र पठाउँछौँ,पहाडी सात जिल्लाको हकमा पायकपर्नेमा अनलाइन विधिबाटै र सम्भव नदेखिएका ठाउँमा प्रश्न पत्र नै पु¥याइरहेका छौँ।’

    ‘कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन हुनेछ, उनले थपे,‘परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरीएको छ,परीक्षार्थीले परीक्षा केन्द्र परिवर्तन गर्न पाउने छैनन्,परीक्षा केन्द्रमा मोबाइल,स्मार्ट घडी,कुनै पनि इलेक्टो«निक्स डिभाइस पूर्ण रूपमा रोक लगाइएको छ।’

    कक्षा १२ को प्रयोगात्मक परीक्षा भाद्र १६ गते भित्र सम्पन्न गरी बोर्डमा पठाउन बिद्यालयहरुलाई निर्देशन दिइएको छ ।
    गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर, यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

    ११ उर्तिणले मात्रै १२ कक्षा पढ्न पाउने

    कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने अनुमती पाएका छन् । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम तथा मूल्याङ्कन ढाँचा अनुरूप श्रावण मसान्त भित्र परीक्षा सम्पन्न गरी सक्न विद्यालयहरूलाई पत्राचार गरीएको राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ ।

    ‘गत वर्ष पनि सम्बन्धित विद्यालयले नै परीक्षा सञ्चालन गरेका थिए’,प्रदेश कार्यालय प्रमुख उत्तम देव विष्टले भने,‘यस वर्ष के गर्ने भन्ने अन्यौलता थियो,बोर्डले चालुबर्ष देखी विद्यालयले नै कक्षा ११ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ,त्यहीँ अनुसार हामीले विद्यालयहरूलाई पत्राचार गरेका छौँ।’
    विद्यालयले सञ्चालन गरेको परीक्षाको अनुगमन भने बोर्डबाट हुने जनाइएको छ । परीक्षामा २५ प्रतिशत आन्तरीक र ७५ प्रतिशत बाह्य मूल्याङ्कन गरिने व्यवस्था गरीएको छ ।

    विगतमा कक्षा ११ अनुत्तीर्णले पनि कक्षा १२ अध्ययन गर्न पाउने व्यवस्था रहेकोमा यस बर्सदेखि कक्षा ११ उत्तीर्ण गरेर मात्रै कक्षा १२ अध्ययन गर्न पाइने राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख विष्टले बताए।
    ‘कक्षा ११ को नियमित तर्फको परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गरे पनि आंशिक र ग्रेडवृद्धीको परीक्षा भने बोर्डले नै सञ्चालन गर्ने छ,’कार्यालय प्रमुख विष्टले भने,‘यसको सूचना केन्द्रबाट आउन बाँकी छ,प्राप्त हुने बित्तिकै हामी सम्बन्धित विद्यालयलाई पत्राचार गर्छौँ।’

    सुदूरपश्चिमभर कक्षा ११ को परीक्षा साउन मसान्त भित्र ४ सय ७८ मा विद्यालय तथा क्याम्पसले सञ्चालन गर्ने छन भने कक्षा १२ को परीक्षा ४ सय ६० क्याम्पस तथा विद्यालयले सञ्चालन गर्ने छन् ।

    कक्षा ११ मा नियमित तर्फ ३९ हजार ३ सय ९५ र आंशिक तर्फ २ हजार ९ सय २१ गरी ४२ हजार ३ सय १६ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । यस्तै १२ कक्षामा नियमित तर्फ ३० हजार ३ सय ४ र आंशिक तथा ग्रेड वृद्धितर्फ ४ हजार ६ सय ८० गरी ३४ हजार ९ सय ८३ परीक्षार्थी रहेका छन् ।

     

    • कक्षा १२ को परीक्षा
    • तयारी र व्यवस्था
    बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.