• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, जेठ ३१, २०८२ | Friday 13th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ दिन अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ दिन अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • २ दिन अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • ३ दिन अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • ३ दिन अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • ३ दिन अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • ४ दिन अगाडि

सुदूरपश्चिममा चार वर्षमा दुई हजार बढीले गरे आत्महत्या

  •  संवाददाता
  • मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष ०७७/०७८० मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् ।

    सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

    सुदूरपश्चिम प्रहरी कार्यालयले दिएको जानकारी अनुसार विगत चार वर्षमा सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या दुई हजार १८८ रहेको छ ।

    आर्थिक वर्ष ०७४/०७५ मा झुण्डिएर दुई सय ९४, विष सेवन गरेर एक सय ७५, पानीमा हाम फालेर १२, करेन्ट लगाएर नौ र आगो लगाएर ६ जना गरी चार सय ९६ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङ्कले देखाउँछ ।

    आर्थिक बर्ष ०७४/०७५ को तुलनामा ०७५/०७६ मा आत्महत्या गर्नेको संख्यामा केही कमी आएको देखिन्छ । ०७५/०७६ मा झुण्डिएर ३३८, विष सेवन गरेर १३१, पानीमा हाम फालेर तीन, हातहतियार औजार प्रयोग गरेर दुई र कर्तव्य गरी एक जनाले आत्महत्या गरेका छन् ।

    आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेको संख्या ५३७ रहेको छ । झुण्डिएर ४०५ जना, विष सेवन गरेर १२८, हाम फालेर दुई, हातहतियार औजार प्रयोग गरेर एक र आगो लाएर एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । ०७५/०७६ को तुलनामा यो संख्या ह्वात्तै वढेको देखिन्छ ।

    झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी

    प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आत्महत्या गर्नेहरुमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छन् ।

    चार वर्षको अवधीमा एक हजार ५३३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यो संख्या यस अवधिमा आत्महत्या गर्ने कुल संख्याको ७० प्रतिशत हुन आउँ छ ।

    चार वर्षको अवधिमा विष सेवन गरी आत्महत्या गर्नेको संख्या ६०६ रहेको छ । यो संख्या यस अवधिमा आत्महत्या गर्ने कुल संख्याको झण्डै २८ प्रतिशत हुन आउँछ ।

    यस्तै पानीमा हाम फालेर २०, आगो लगाएर १०, करेन्ट लगाएर नौ, हाम फालेर पाँच, हातहतियार औजारको प्रयोग गरी चार र कर्तव्य गरि आत्महत्या गर्नेमा एक जना रहेका छन् ।

    किन बढ्दैछन् आत्महत्याका घटना ?

    कञ्चनपुरको महाकाली अस्पतालमा कार्यरत डा गिरिश अवस्थी भन्छन्, ‘यसको सामाजिक कारण छ, पहिले सामाजिक जीवन बिताउने हुँदा आत्महत्याका घटनाहरु कम हुन्थे तर अचेल एक्लै बस्न थालेपछि यो समस्या बढेको देखिन्छ ।’

    परिवारभन्दा अलग्गै बस्ने भएपछि आफ्ना समस्याहरु अरुसँग भन्न नसक्ने भएर बिस्तारै हरेश हुँदै आत्महत्याको बाटो रोज्ने गरेको डा अवस्थीको भनाइ छ ।

    मानसिक तनावकै कारण पनि व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको अवस्थी बताउँछन् । ‘आत्महत्या तत्काल आवेशमा आएर लिइने निर्णय हो,’ डा अवस्थीले भने, ‘व्यक्ति कुनै कुराले तत्काल आवेशमा आउँछ वा निराश हुन्छ तव उसले आत्महत्याको बाटो रोज्छ ।’

    झुण्डिएर आत्महत्या गर्नेको संख्यामा धेरै हुनुले पनि आत्महत्या तत्काल आवेशमा लिएको निर्णय हो भन्ने संकेत गरेको अवस्थी बताउँछन् । उनी भन्छन्, ‘पूर्व तयारी हुँदैन, त्यसैले सहज रुपमा घरमा पाइने, रस्सी, तन्ना, दुपट्टाले झुण्डिन्छन् ।’ विकसित देशहरुमा आत्महत्या गर्नेहरुमा गोली हानी, विष सेवन गरी बढी हुने गरेको रिपोर्टहरुले देखाएको अवस्थी बताउँछन् ।

    मानसिक तनावकै कारण आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र चन्द बताउँछन् ।

    उनले घरायसी समस्याका कारण, घरेलु हिंसाका कारण पनि आत्महत्या गरेको अनुसन्धानबाट देखिएको बताए । प्रहरी निरीक्षक चन्द भन्छन्, ‘घरेलु हिंसाका कारण आत्महत्या गरेको हो भन्ने जानकारी पाए त हामी आत्महत्या दुरुत्सानमा मुद्धा चलाउँछौं तर कतिपय घरेलु हिंसाका घटनाहरु पनि खुल्दैनन्, त्यसलाई आत्महत्यानै मान्नु पर्ने हुन्छ ।’

    मुलुकी अपराध संहिता, २०७४ लागू भएपछि प्रहरीले एक सय नौ जना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको छ ।

    आर्थिक वर्ष ०७५र०७६ मा २७, ०७६र०७७ मा ४१ र ०७७र०७८ मा ४१ जना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ ।

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      आज देशभरका मस्जिदमा बकर ईद मनाइँदै

    • २.
      कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

    • ३.
      सुदूरपश्चिममा भारतबाट आएका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    • ४.
      धनगढी–अत्तरिया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु

    • ५.
      सुदूरपश्चिममा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने : मुख्यमन्त्री कमलबहादुर शाह

    • ६.
      संघीय सरकार अन्तर्गतका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

    • ७.
      कैलालीमा एक महिलामाथि प्रहरीले गरे हातपात

    • ८.
      बाजुराका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      भारतबाट फर्केका कैलाली र अछामका पाँच जनामा कोरोना सङ्क्रमण

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.