• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • १९ घण्टा अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • २ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • २ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • २ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • २ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • २ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • २ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • ३ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ४ दिन अगाडि

Advertisement

बडिमालिका मन्दिरमा यो वर्ष औपचारिक मेला नलाग्ने

  •  संवाददाता
  • बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धार्मीक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा यो वर्ष औपचारिक मेला नलाग्ने भएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै यो वर्ष अनिवार्य नित्य पुजा बाहेक अन्य कुनै औपचारिक मेला जात्रा नलाग्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक सूचना जारी गर्दै बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेला नगर्ने निर्णय गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समिति संयोजक गोपालप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले यो वर्ष साउन र भदौमा लाग्ने स्थानीय चाड पर्वपनि नगर्न र नगराउन आग्रह गरेको छ।

    कोरोना संक्रमणको जोखिम बढेको र संक्रमणले तिब्र रुप लिने अवस्था देखिएकोले कुनैपनि मेला पर्व र चाडवाड नमनाउन स्थानीयलाई अपिल गरेको छ। बडिमालिका मन्दिरमा यो वर्ष भदौ ५ गते मेला लाग्ने थियो।

    भदौ ६ गतेको जनैपूर्णिमा सम्वद्ध मेलाहरु पनि रोक्न आग्रह गरेको छ। प्रमुख शक्तिपीठहरुमा अनिवार्य देवीको पूजा र नित्य कर्मका लागि पुजारी सम्बद्ध केही व्यक्ति बाहेक अरु कुनैको उपस्थिति नहुने गरि व्यवस्थापन गर्न आग्रह गरेको छ।

    जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका सहीत बुढीनन्दा, बढालेक, दुनालेक, डुडुल्ली सहीतका डेढ दर्जन शक्ति पीठमा मेला लाग्ने गरेको छ। यो वर्ष भने कोरोनाकै कारण कुनै शक्तिपीठमा पनि पुजा बाहेक मेला आयोजना नगर्न पत्राचार गरिएको छ।

    बडिमालिका समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेको छ। बडिमालिका पुग्न तीर्थालहरुले मार्तडीबाट तीन दिन लाग्ने गरेको छ।

    पूजा आजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी टोली पुजासहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान हुने गरेका छन्। डोटी र जुम्लाबाट टोली आइसकेका छन्।

    सरकारी टोली डोटीबाट १२ र जुम्लाबाट १० दिन पूर्व नै प्रस्थान गर्ने धार्मीक मान्यता छ। अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ।

    बडीमालिका माईको दर्शनका लागी विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्लाबाट तिथार्लु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ।

    • औपचारिक मेला
    • बडिमालिका मन्दिर
    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
    पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
    मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू
    • भर्खरै
    • चर्चित
    • १.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • २.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ३.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ४.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ५.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ६.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      कैलालीमा एक पुरुष मृत फेला

    • ९.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • १०.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ८.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ९.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.