• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ५ घण्टा अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ६ घण्टा अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ६ घण्टा अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • १० घण्टा अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • १० घण्टा अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • १० घण्टा अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • १ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • २ दिन अगाडि

चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय
  • २ दिन अगाडि

Advertisement

महन्थ ठाकुरको मुद्दा सुनुवाइ हुँदै

  •  संवाददाता
  • सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाइ सोमबार पेसी तोकिएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको सुनुवाइ चलिरहेको छ।

    पार्टी आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित ठाकुरले साउन ८ र १५ गते सर्वोच्च अदालतमा दुई थान रिट दायर गरेका थिए।

    आयोगले जसपा विवाद समाधान गर्न स्थापनाकालका कार्यकारी समिति सदस्यलाई उपस्थित हुन भनेपछि पहिलो पटक सर्वोच्चमा रिट दायर गरेका थिए भने दोस्रो पटक उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि दायर गरेका थिए।

    उक्त रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले छलफलमा बोलाउने आदेश गरेको थियो। त्यस्तै, साउन १५ न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको हो। सोमबार महन्थको रिटमा तेस्रो सुनुवाइ हुँदै छ।

    महन्थ ठाकुरको वारेस बनेर अधिवक्ता प्रदीपकुमार पाठकले दायर गरेको रिटमा यादव पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी ९जसपा०को विधान विपरीत भएको दाबी गरिएको छ।

    उक्त निर्णयले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३, ४४, ४५ र ५१, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५, तथा प्रमाण ऐन, २०३१ को दफा ३, १४, २१, २५, २६, २८ र ३४ समेतले प्रदान गरेको कानुनी हक एवं नेपालको संविधान, २०७२ को धारा १७, १८ को उपधारा ९१० समेतबाट प्रदत्त मौलिक हक एवं धारा २६९ र २७० बाट प्रदत्त संवैधानिक हकमा आघात परेको पनि रिटमा दाबी गरिएको छ।

    रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ।

    उपेन्द्र पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन हुने र पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने भएकाले आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न समेत मागदाबी गरिएको छ।

    निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएसँगै ठाकुरलगायतको नाम हटाएर अद्यावधिक गरिसकेको छ। आयोगको यो निर्णयसँगै ठाकुर पार्टीविहीन भएका थिए।

    • महन्थ ठाकुर
    • मुद्दा सुनुवाइ
    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
    मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू
    • भर्खरै
    • चर्चित
    • १.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ६.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ७.
      कैलालीमा एक पुरुष मृत फेला

    • ८.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ५.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.