• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • ३ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम विश्वविद्यालय : विद्यार्थीले परीक्षा दिए, उत्तरपुस्तिका बुझाउन पाएनन्

  •  संवाददाता
  • बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी – कञ्चनपुरको भीमदत्त नगरपालिकाकी मन्जु बडु सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा स्नातक तहमा अध्ययन गर्दै आएकी छन् । मन्जुले गत साउन ९ देखि २४ गतेसम्म चलेको स्नातक तह चौथो सेमेष्टरको परीक्षा अनलाइन प्रणालीमार्फत दिइन् ।

    सबै परीक्षा राम्रै गरेकी मन्जुले एउटा विषयको उत्तरपुस्तिका भने समावेश गर्न नसक्दा अहिले पनि आफूसँगै राखेकी छन् । विश्वविद्यालयले परीक्षा सञ्चालन र उत्तरपुस्तिका समावेश गर्न प्रयोग गरेको टिम्स नामक सफ्टवेयरले काम नगरेकै कारण मन्जुले उत्तरपुस्तिका समावेश गर्न पाइनन् ।

    विश्वविद्यालयले उत्तरपुस्तिका समावेश गर्न दिएको एक घण्टाको समय सकिन ३० मिनेट बाँकी रहेका बेला प्राविधिक समस्याका विषयमा विश्वविद्यालयलाई जानकारी गराइन् तर उल्टै इन्टरनेटको समस्या भन्दै राम्रो नेटवर्क भएको स्थानमा गएर अपलोड गर्न भनियो । बडुले वाइफाइका अतिरिक्त नेपाल टेलिकम, एनसेल र स्मार्टको डाटा किनेर प्रयास गर्दा समेत परीक्षा प्रणालीले काम गरेन । प्रयास गर्दागर्दै एक घण्टाको समयसीमा सकियो र परीक्षा प्रणाली स्वतः बन्द भयो ।

    उनका दाजु राजेन्द्र बडुले तत्कालै उत्तरपुस्तिकासहित समस्याबारे भौतिक रुपमै महेन्द्रनगरस्थित विश्वविद्यालयको परीक्षण नियन्त्रण कार्यालयमा पुगे तर त्यहाँ पनि सुनवाइ भएन । ‘विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत परीक्षा सञ्चालन गरेको थियो । तर विद्यार्थीलाई कुनै खालको प्राविधिक सहयोग दिइएन । कार्यालयमै पुगेर भेट्दा समेत त्यहाँका कर्मचारीले यो विषयलाई हलुका ढंगले लिए,’ राजेन्द्र भन्छन्, ‘परीक्षा दिँदादिँदै पनि विश्वविद्यालयकै लापरबाहीले उत्तरपुस्तिका समावेश गर्न नसकिँदा अनुत्तीर्ण देखाएको छ । यसको जिम्मा लिनु पर्छ कि पर्दैन ?’

    उनले विश्वविद्यालयले निर्विकल्प अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्दै विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए । ‘हामीले निर्धारित समय सकिनुभन्दा ३० मिनेट पहिले सिस्टम चलिरहेको छैन के गर्ने ? भनेर विश्वविद्यालयमा सम्पर्क गरेका छौं,’ उनले भने, ‘तर शिक्षक तथा कर्मचारीले यो कुरालाई सामान्य रुपमा लिए । मेरो बहिनी मात्र नभएर उसकै सयौं साथीहरुको यसैगरी उत्तरपुस्तिका छुटेको छ । यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइन्छ ?’ मानविकी संकाय, शिक्षाशास्त्र संकाय, व्यवस्थापन तथा स्नातकोत्तर तहसम्मकै सयौं विद्यार्थीले यसरी नै उत्तरपुस्तिका समावेश गर्न नपाउँदा परीक्षाबाट वञ्चित हुनुपरेको छ ।

    कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका धेरै विद्यार्थीले बडुले जस्तै समस्या भोग्नुपरेको छ । यद्यपि अनलाइन परीक्षा प्रणालीमा आएको प्राविधिक समस्याले के–कति विद्यार्थीले परीक्षा दिएर पनि उत्तरपुस्तिका बुझाउन सकेनन् भन्ने यकिन तथ्यांक क्याम्पससँग छैन ।

    विद्यार्थीहरुले भने उत्तरपुस्तिका नै समावेश नभएका विषयको पुनः परीक्षा लिइनुपर्ने माग गरेका छन् भने विश्वविद्यालयले त्यस्ता विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गर्ने मुडमा देखिएको छ । यद्यपि निर्णय गरिसकेको अवस्था भने छैन ।

    विद्यार्थीमाथि दोष थुपारेर पन्छिने प्रयासमा विश्वविद्यालय

    ‘यो विद्यार्थीको कमजोरी हो । उत्तरपुस्तिका अपलोड गर्न नसक्नु हाम्रो समस्या होइन । त्यस्ता विद्यार्थीलाई पटक–पटक फोन सम्पर्क गरेका छौं तर त्यतिखेर वास्ता नै गरेनन्,’ सुदूरपश्चिम विश्वविद्यालयको मानविकी संकायका विभागीय प्रमुख सह प्राध्यापक डा.हरिशचन्द्र भट्टले भने । भट्टले आफ्नो संकायमा स्नातकदेखि स्नातकोत्तरसम्मका धेरै विद्यार्थीले आफ्नै कमजोरी र असावधानीका कारण अनलाइन परीक्षा प्रणालीमा तोकिएको समयमा उत्तरपुस्तिका समावेश गर्न नसकेको दाबी गरे ।

    विद्यार्थीप्रति परीक्षा नियन्त्रण कार्यालय पनि अनुदार

    आफैंले सञ्चालन गरेको अनलाइन परीक्षामा सहभागी भएर प्राविधिक समस्याले उत्तरपुस्तिका बुझाउन नसकेका विद्यार्थीको हकमा सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि अनुदार देखिएको छ । परीक्षा दिएर पनि अनुपस्थित देखिएर आफ्नो शैक्षिक भविष्य बिग्रिने भन्दै चिन्तित बनेका विद्यार्थीहरुको माग सम्बोधन गर्न परीक्षा नियन्त्रण कार्यालय गम्भीर नबनेको पाइएको हो ।

    विद्यार्थी संगठन पनि मौन, बार्गेनिङको आरोप

    विश्वविद्यालयले अनलाइन परीक्षा प्रणाली व्यवस्थित गर्न नसक्दा विद्यार्थीले भोग्नु परेको समस्याबारे भने विद्यार्थी संगठनहरु पनि मौन देखिएका छन् । विद्यार्थीकै हकहितका लागि भन्दै विभिन्न राजनीतिक दलले विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आंगिक क्याम्पसहरुमा भातृ संगठनका रुपमा गठन गरेका विद्यार्थी संगठनहरुले यस विषयमा केही पनि बोलेका छैनन् ।

    आफ्नो स्वार्थ पूर्ति नभएमा सामान्य समस्यालाई पनि तिलको पहाड बनाएर वक्तव्यबाजी गर्ने, विश्वविद्यालयमा शैक्षिक हड्ताल, तालाबन्दी जस्ता अमर्यादित गतिविधिमा उत्रिने विद्यार्थी संगठनले विद्यार्थीलाई परेको यो समस्याबारे मुख नखोलेका हुन् । एउटा प्राविधिक विषयले सयौं विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेका बेला उनीहरुले यस विषयमा कुनै पहल नगरेको विद्यार्थीहरु बताउँछन् । अनलाइनखबर

    • उत्तरपुस्तिका
    • परीक्षा दिए
    • सुदूरपश्चिम विश्वविद्यालय
    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.