धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा १६४ जनाको कोरोना परीक्षण गर्दा ३० जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमित अस्पतालबाट निको भएर फर्केका छन्। यस्तै हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये ४ जनाको आइसीयुमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।