६ पुष , चितवन : नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता राम प्रसाद न्यौपानेले आगामी निर्वाचनमा प्रचण्ड चितवनबाट पराजित हुने ठोकुवा गरेका छन । निसाना न्युजसङ्ग कुराकानी गर्दै न्यौपानेले उक्त कुरा बताएक हुन । चितवन ३ प्रचण्डको क्षेत्र नरहेको नेकपा भरतपुर महानगर कमिटि अध्यक्ष न्यौपानेको दाबी छ ।
तत्कालीन नेकपा एमालेको मायाको कारण मात्रै प्रचण्डले चितवन ३ बाट चुनाब जितेको अध्यक्ष न्यौपानेले जिकिर गरे । केपि ओलीलाई दिएको धोकाको परिणाम प्रचण्ड/माधब गुटले व्यहोर्ने न्यौपानेको भनाइ छ । अब नेकपाको बागडोर प्रथम अध्यक्षको हैसियतमा केपि ओलीले नै गर्ने उनको भनाइ छ ।
https://youtu.be/J0MP01NK2PA