• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा अक्सिजनको हाहाकार,धमाधम ज्यान गुमाउँदै सङ्क्रमित

  •  संवाददाता
  • आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएको छ। धनगढीमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र मालिका अक्सिजन उद्योग छ। त्यो उद्योगमा दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने क्षमता रहेको भनिए पनि मुस्किलले १ सय ५० सम्म उत्पादन भइरहेको छ।

    ‘चाप थेग्न सक्ने अवस्था छैनु, मालिका अक्सिजन ग्यास उद्योगका व्यवस्थापक नरेश शाहले भने, ुहामीले डेढ घण्टामा १५र१६ सिलिन्डर ग्यास उत्पादन गर्न सक्छौँ तर ६०र७० सिलिन्डर माग आउँछ। हामीले २४ घण्टामा डेढ सय सिलिन्डरसम्म मात्रै उत्पादन गर्न सक्छौँ, प्रदेशभरबाट त्यो अवधिमा ४र५ सय सिलिन्डर माग आउँछ।’

    अक्सिजन नपाएरै जान्छ ज्यान

    कोरोनाको दोस्रो लहर अन्तर्गत सङ्क्रमण र मृत्युदर निकै उच्च छ। सङ्क्रमितहरूले धमाधम ज्यान गुमाउँदै छन्।त्यसो त सेती अस्पतालको पनि आफ्नै अक्सिजन जेनेरेसन प्लान्ट छ। त्यहाँ दैनिक रूपमा ७५ सिलिन्डर भर्न सक्ने क्षमता छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार क्षमता अनुसार यो मेसिनले पनि काम गर्न सकिरहेको छैन। ु२४ घण्टामा ७५ सिलिन्डर उत्पादन गर्न सक्ने क्षमता भए पनि हामीले मुस्किलले ५५ सिलिन्डरसम्म मात्रै ग्यास उत्पादन गर्न सकिरहेको अवस्था छु, उनले भने,’ हामीसँग २ सय सिलिन्डर छन्। सिलिन्डर अभावका कारण पनि थप समस्या जटिल बन्दै गइरहेको छ।’

    दोस्रो लहरको सङ्क्रमण अन्तर्गत सङ्क्रमित र मृत्युदर बढ्दो अवस्थामा छ। सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। शेरबहादुर कमरले भाइरस शक्तिशाली र व्यवस्थापन फितलो भएका कारण सङ्क्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको बताए।

    ुहामीसँग स्वास्थ्य उपकरणको चरम अभाव छु, उनले भने, ‘सङ्क्रमितले ज्यान गुमाउनुको मुख्य कारण अक्सिजन अभाव नै हो। हामीले पर्याप्त मात्रामा बिरामीलाई अक्सिजन दिन सकिरहेका छैनौँ। कोरोनाले फोक्सोमा समस्या पार्छ त्यसले श्वास फेर्न निकै गाह्रो हुन्छ, त्यसमै निमोनिया भयो भने शरीरमा अक्सिजनको मात्रा घट्दै जान्छ र सङ्क्रमितले ज्यान गुमाउँछ।’

    ुगत वर्षभन्दा मृत्युदर निकै बढेको छ,ु डा। कमरले भने, ‘गत वर्षभरि ज्यान गुमाउने अनुपातमा अहिले सङ्क्रमितले दिनभरिमै ज्यान गुमाइरहेको अवस्था छ। यो समयमा सक्दो सतर्कता अपनाउँ, अस्पतालमा बेड छैन, अक्सिजन छैन, सङ्क्रमण भइहालेमा कसैले सहयोग गर्न सक्ने अवस्था छैन, त्यसैले संयम नगुमाऊँ, सक्दो होसियारी अपनाउँ।’

    अक्सिजन र जनशक्ति अभावले समस्या

    कोरोना सङ्क्रमण भयावह बन्दै गएपछि कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन निर्माण गरिएको छ। तर अक्सिजन र जनशक्ति अभावले सञ्चालन गर्न कठिनाइ भइरहेको छ। ुहाललाई निर्माण कार्य पूरा भएको छ,ु चौधरीले भने, ‘अक्सिजन र जनशक्तिको चरम समस्या छ। यहाँको अक्सिजन उत्पादनले सकिरहेको छैन। थप अक्सिजन आपूर्तिका लाग िहामीले नेपालगन्ज र चितवनसँग समन्वय गरिरहेका छौँ। जतिसक्दो चाँडो सङ्क्रमितलाई गेटाबाट पनि सेवा दिन्छौँ।’

    जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० मातहत रहने गरी आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा गेटामा आइसोलेसन निर्माण गरिएको हो।

    अक्सिजन र जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    ‘हामीले सक्दो प्रयास गरिरहेका छौँ,ु मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गइसकेको छ। रोकथामका लागि सक्दो प्रयास गर्दैछौँ। सबैले आ९आफ्नो क्षेत्रबाट भूमिका खेलौँ।’

    आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.