खेल अनौठो किसिमको खेल्न जानेका ।
बेग्लै रहेछौ तिमी सबैलाई पेल्न जानेका ।।
धूर्त नीति धूर्त खेल खेल्नसम्म खेल्दा रैछौ ।
जनता पनि लाटा रहिछन् झेल्न जानेका ।।
स्वर्ग पुर्याउँछु भनेर नर्कतिर लाँदा रैछौ ।
फोहरको गन्ध नालीमा हेल्न जानेका ।।
कठाल्नो समाउन गाह्रो रैछ भुईँफुट्टाहरूलाई ।
जालै जालो भित्र सबैलाई जेल्न जानेका ।।
जरा दरोसँग गडेको छ भन्छौ तिमी ।
कोही न कोही त हुन्छन् उखेल्न जानेका ।।
भिमराज अम्मै,घो.न.पा.१० पहलमानपुर ।
शिक्षक,भृकुटी माध्यमिक विद्यालय,खिमडी ।