• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

उ नर्स हो (कविता)

  •  भोपेन्द्र बुढा
  • आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    थाहा छ

    सुनाउने धेरै छन् यहाँ
    तर सुन्दिने कोहि छैन
    किन कि उ नर्स हो
    जस्को लागि बोल्दिने कोहि छैन।

    बुझ्नुस् उ नर्स हो
    जसको कहि आधार हुन्न
    जसको कुनै बिचार हुन्न
    जो निस्वार्थ सेवा गर्छ
    जसको साथ सरकार हुन्न

    हेप्छन् सबले अलौकिक मान्छन्
    छुट्टाउछन् जहिले अधिक मान्छन्
    बुझ्नुहोस् उ नर्स हो..जसलाई
    अहिले खेलौनाको प्रतीक मान्छन्

    हो उ नर्स हो
    जस्लाई बोल्न आउदैन
    हो उ नर्स हो,
    जसलाई झुट बोल्न आउदैन
    जसलाई बेइमान गर्न आउदैन
    हो उ नर्स हो
    जसलाई झुटो आश्वासन दिन आउदैन
    हो उ नर्स हो
    जसलाई जादु गर्न आउदैन
    हो उ नर्स हो
    जसलाई केही गर्न आउदैन
    खाल्ली रित्तो छ जसले जे गर्दा नि हुन्छ
    किन कि उ नर्स हो।

    हो उ नर्स जसले भेन्टिलेटर र बिरामिको प्रेसर र भोल्युम सन्तुलन गर्दा गर्दै
    आफ्नो जिन्दगिको स्याचुरेसन सन्तुलन गर्न बिर्सेको हुन्छ

    हो उ नर्स हो जसले औषधि र बिरामिको हेरचाह गर्दा गर्दै आफ्नो खाने लाउने समय बिर्सेको हुन्छ।

    हो उ नर्स हो
    जसले परिवारको माया सबथोक त्याग्छ
    घुम्ने, फेर्ने, रमाउने सारा शोक त्याग्छ
    हो उ नर्स हो जसले बिरामिको सेवाको निमित्त
    जीवन समर्पित गरि आफ्नो पूरा भोक त्याग्छ।

    हो उ नर्स हो जो…
    बेसुराहरुलाई आसाको सुर बनिदिन्छ
    दुखेको घाउको मलम भरपुर बनिदिन्छ

    हो उ नर्स हो जो….
    डर कौतुहल्तामा छट्पटीएकालाई सान्त्वना दिन्छ
    अथाह पिडामा परेका हरुलाई आफ्नोपना दिन्छ
    मान्दैन संकोच राख्दैन रिस बरु अथाह दिन्छ
    पिडाको बाँध भत्केका र आसाका दियो निभेकाहरुलाई निस्वार्थ माया प्रेम र औधी हेरचाह दिन्छ

    हुदैन तलमाथि एकनास सधै भर दिन्छ
    दुस्मन नै भेटिए पनि सैयामा,
    राख्दैन रिस सेवा बराबर दिन्छ

    किनकि उ नर्स हो
    उसमा हिम्मत हुन्छ
    साहस हुन्छ।
    आफ्नो पीडा भुलेर पनि
    अरुलाई खुसी दिन आउँछ।

    हो उ नर्स हो जो बाट…
    मर्न दिन्न जिउने आसा पुरा सपोट हुन्छ
    जस्को शरीर भरी रक्ताम्य,चोटै चोट हुन्छ
    कोसिस गर्छ सदैव काममा खटी राख्छ
    आफ्नै चोट भुलाएर बचाउने अठोट हुन्छ

    हो उ नर्स हो जसले…
    दु:खमा साथ दिई खुसिसँग रमाई दिन्छ
    छटपटाउन दिन्न कहिले हात समाइ दिन्छ
    मनको पीडा रोक्न, हौसलाको वर्षा दिन्छ,
    उपहार स्वरुप चन्द्रमा झैं हर्ष थमाइ दिन्छ

    किनकि उ नर्स हो
    उसमा हिम्मत हुन्छ
    साहस हुन्छ।
    आफ्नो पीडा भुलेर पनि
    अरुलाई खुसी दिन आउँछ।

    ✍️भोपेन्द्र बुढा घर बाजुरा अहिले Er. Dept. न्युरो अस्पताल काठमाडौं मा कार्यरत छन् ।

    आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.