कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन १ गतेसम्मलाइ निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ।
बिभिन्न बैठक तालिम गोष्ठी सेमिनारका लागि २५ जना मात्रै उपस्थित हुन पाउने छन् । होटेल, रेस्टुरेन्ट, फास्ट फुट, खाजा तथा चिया पसलहरू बिहान ५ बजे देखि राति ८ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला भित्र र बाहिर प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर सञ्चालन गर्न पाउने भनिएको छ । कार जिप , भ्यान र ट्याक्सीमा चालकसहित बढीमा ४ जना र अटोमा चालक समेत गरि ३ जना मात्रै यात्रा गर्न पाउने व्यवस्था लागू गरिएको छ ।
कैलाली जिल्ला भित्रका यात्रुबहाक सवारी साधनलाई जोर बिजोर प्रणाली हटाउँदै जनस्वास्थ्य मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।