कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले डोटीको पूर्वीचौकी गाउँपालिकामा हाते ट्रयाक्टर वितरण गरेको छ ।
मानवीय सेवामा अनेकौं प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले ३ वटा कृषक समूहलाई निःशुल्करूपमा हाते ट्रयाक्टर वितरण गरेको हो ।
कोषाध्यक्ष मेखराज भट्टका अनुसार पूर्वीचौकी–३ गैरागाउँमा रहेको इन्द्रेणी कृषक समूह, मालीका कृषक समूह र वडा नम्बर ४ काडामाडौंमा रहेको भगवती कृषक समूहलाई ३ वटा हाते ट्रयाक्टर वितरण गरिएको हो ।
हाते ट्रयाक्टर पाएपछि खेती किसानीको काम गर्न अब गोरु र मान्छेको दुःख अन्त्य भएको इन्द्रेणी कृषक समूहका किसान भरत कठायतले बताए ।
जिल्लामा पछिल्लो सयम किसान कृषि कार्य गर्नका लागि आधुनिक औजारप्रति आकर्षित बन्दै गएका छन् । भिरालो तथा साँघुरो जमीनमा पनि काम गर्न सकिने भएकाले किसान अहिले हाते ट्रयाक्टर सहितका कृषि औजारप्रति आकर्षित बन्दै गएको बताइएको छ ।