एजेन्सी – बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११जनाको मृत्यु भइरहेको सार्वजनिक गरेको छ। अक्सफामको‘दि हङ्गर भाइरस मल्टीप्लाइज’ प्रतिवेदनमा कोरोना भाइरसका कारणभन्दा भोकमरीबाट मर्नेको संख्या ठूलो रहेको उल्लेख गरिएको छ। कोरोनाबाट विश्वमा प्रत्येक मिनेट सातजनाको मृत्यु हुने गरेको छ।
मानवीय सहायताका लागि काम गर्ने यस समूहका अनुसार विश्वभर १५ करोड ५० लाख व्यक्तिले यतिबेला खाद्यान्न सङ्कटको चरम असुरक्षाबीच बाँचिरहेका छन् । यो गत वर्षभन्दा करिब दुई करोड बढी हो । खाद्य सङ्कट झेलेका मुलुकमध्ये करिब दुई तिहाई मुलुकमा सैन्य द्वन्द्व भएका कारण खाद्य असुरक्षा भएको हो ।
अहिलेको अवस्थामा भने मानिसहरूलाई द्वन्द्वका कारणभन्दा पनि बढी खाद्य असुरक्षाको अवस्थामा वृद्धि हुनुमा कोभिड–१९ का कारण आएको आर्थिक मन्दी र बढ्दो जलवायु सङ्कटको कारण मानिसहरूलाई भोकमरीको चपेटामा धकेलिरहेको जनाइएको छ ।
कोभिड र जलवायु परिवर्तनका कारण यो बर्ष पाँच लाख २० हजार मानिसलाई भोकमरीको नजिकमा धकेलेको जनाइएको छ ।
कोभिड र जलवायु परिवर्तनका कारण यो बर्ष पाँच लाख २० हजार मानिसलाई भोकमरीको नजिकमा धकेलेको जनाइएको छ ।