नेकपा एमाले कार्यदलमा १० बुँदे सहमतिको भोलिपल्ट सोमबार स्थायी कमिटी बैठक बस्दैछ।
यसअघि आइतबारका लागि डाकिएको बैठक सोमबारका लागि सारिएको थियो। कार्यदलले आइतबार राति समझदारी गरिसकेकाले अबको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने आँकलन गरिएको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक अपराह्न ५ बजे बस्नेछ।
सर्वाेच्चले यसअघि नेकपा एमाले र माओवादी केन्द्र ब्युँइताइदिएको थियो। ततपश्चात एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेता नेपाल पक्ष सहभागी हुने गरेको थिएन। तर, सोमबारको बैठकमा भने नेपालपक्ष सहभागी हुने सम्भावना रहेको छ।
सोमबार नै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आउने सम्भावना छ।