• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, असार २२, २०८२ | Sunday 6th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • ८ घण्टा अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ दिन अगाडि

शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
  • २ दिन अगाडि

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ
  • २ दिन अगाडि

धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु
  • ४ दिन अगाडि

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु
  • ४ दिन अगाडि

४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प
  • ४ दिन अगाडि

धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न
  • ६ दिन अगाडि

डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा
  • ७ दिन अगाडि

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथग्रहण तयारी

  •  संवाददाता
  • मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।

    संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

    प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै देउवालाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।

    सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। ​

    को हुन् देउवा? 

    शेरबहादुर देउवा वि.सं. २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असीग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा जन्मिएका हुन्।

    उनले प्राथमिक शिक्षा गाउँकै असिग्राम प्राथमिक विद्यालय र एलएसली सीताराम मावि डोटीबाट पूरा गरेका हुन्। देउवा २०२० सालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय भएका थिए। उनी बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेका हुन्।

    देउवाले स्कुले जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाएका थिए।​ एसएलसीपछि देउवा उच्च शिक्षा लिन भारत नगई ०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएका थिए।

    यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय भए। यसक्रममा उनी विभिन्न समयमा पटक-पटक पक्राउ परे। विद्यार्थी जीवनमा देउवा निडर र निर्भीक स्वभावका थिए।

    नेविसंघमा सक्रिय भएर काम गरिरहेका देउवा वि.सं. २०२८ सालमा पहिलोपटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए। नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिलाई झन् सशक्त रूपमा अगाडि बढाए। राजनीतिका सिलसिलामा देउवाले पटक–पटक गरी करिब ९ वर्ष जेलजीवन बिताएका छन्।

    विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाए। त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला र बैतडी हुँदै डडेल्धुरा पुगेका थिए।

    जब ०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनआन्दोलन अगुवाइ गर्‍यो, त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए। जनआन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं आए।

    ०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने। गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने।

    राजनीतिको धेरै उतारचढाव खेपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले कृष्णप्रसाद भट्टराई (किसुनजी) र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाएका थिए।

    देउवा २७ भदौ २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। कोइरालाले अघि बढाएका देउवाले पार्टीको १०औँ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए। ०५७ मा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापति पदमा उम्मेदवारी दिएका थिए, तर उनी पराजित भए।

    पहिलोपटक प्रधानमन्त्री बनेको ६ वर्षपछि ०५८ साउन ११ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। दोस्रो पटक प्रधानमन्त्री बनेपछि भने देउवाको जीवनमा धेरै उतारचढाव आएका छन्।

    माओवादी सशस्त्र द्वन्द्व (जनयुद्ध) उत्कर्षमा पुगेका बेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ०५९ जेठ १९ मा प्रधानमन्त्री भएकै बेला देउवालाई साधारण सदस्यताबाट समेत निकालिदिए।

    कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेको थियो। जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ०५८ असारमा राजीनामा दिएका थिए।

    यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुनः कांग्रेस संसदीय दलको नेताका उम्मेदवार बन्‍ने मौका पाए। उनी सुशील कोइरालालाई हराएर नेता बनेका थिए। संसद्‌मा पार्टीको बहुमत भएकाले उनी दोस्रोपटक प्रधानमन्त्री बने।

    दलहरूले निरन्तर आन्दोलन गरेपछि ०६१ साल जेठ २९ मा राजाले पुनः देउवालाई तेस्रोपटक प्रधानमन्त्री बनाए। तर, तेस्रो पटकको प्रधानमन्त्री काल ८ महिनाभन्दा अघि बढ्न सकेन।

    राजनीतिक घटना सँगसँगै वि.सं. ०६१ माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्रविरुद्ध जनआन्दोलनको तयारीमा थिए।

    संसद् पुन: स्थापनापछि गिरिजाप्रसाद पुनः एकपटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए। त्यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किए।

    ०७२ सालको तेह्रौं महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भए।

    २३ जेठ ०७४ मा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए। देउवा ०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका थिए।

    • देउवा प्रधानमन्त्री नियुक्त
    • सपथग्रहण
    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
    अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
    शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • २.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ३.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ४.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • ५.
      धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    • ६.
      कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

    • ७.
      ४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

    • ८.
      धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न

    • ९.
      डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा

    • १०.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.