• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर २९, २०८२ | Sunday 14th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • १ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ५ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ५ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ५ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ५ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ५ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ५ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

बैतडीका तीन पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम

  •  संवाददाता
  • मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडी – दश स्थानीय तह रहेको बैतडीका तीन स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेका छन्।

    जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेका हुन्। स्थानीय पाठ्यक्रम तयार गरेर स्वीकृत भइसकेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए। आधारभूत तह १ देखि ३ कक्षा सम्मको पाठ्यक्रम निर्माण भएर नगरकार्यपालिकाबाट स्वीकृत भइसकेको छ।

    स्थानीय संस्कृति, जनजीवन, भूगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए। स्वीकृत भएको पाठ्यक्रम विद्यालय तहमा चाँडै लागू हुने शिक्षा शाखा प्रमुख भट्टको भनाइ छ।

    मेलौली नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर चालू शैक्षिक सत्रदेखि लागू गरेको छ। कक्षा १ देखि ३ सम्मको आधारभूत तहमा चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको हो। कक्षा १० सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहमा आएसँगै कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए।

    पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रमलाई नगरकार्यपालिकाले स्वीकृत गरेपछि लागू गरिएको हो। १६० घण्टा शिक्षण गर्ने विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारिएको छ। उनले भने, “सातवटा सिद्धान्तमा आधारित रहेर स्थानीय पाठ्यक्रम तयार गरेका हौँ। स्थानीय भाषा, संस्कृति, वेषभूषा, खानपान, रहनसहन, चालचलन र संस्कृति समेटिएको छ।”

    पाठ्यक्रममा समेटिएका विषयवस्तुका बारेमा शिक्षकलाई समेत जानकारी गराइएको छ। पाठ्यक्रममा भएका विषयवस्तुलाई प्रभावकारी रुपमा शिक्षण गराउन सहज होस् भनेर पाठ्यक्रमका विषयमा जानकारी दिइएको हो। जिल्लाको शिवनाथ गाउँपालिकाले पनि यसअघि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिसकेको छ। शिवनाथ आधारभूत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पार्ने जिल्लाको पहिलो स्थानीय तहसमेत हो।

    शिवनाथ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो। गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको पाठ्यक्रबाटै चालू शैक्षिक सत्रबाट पढाइ हुने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिइन्। स्थानीय पाठ्यक्रममा स्थानीय धर्म, संस्कृति, भाषा, वेषभूषालगायतका कुरा समेटिएका छन्।

    यस्तै स्थानीयस्तरमा रहेका प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमासमेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको बताइएको छ। स्थानीय पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुले विद्यार्थीमा स्थानीय परिवेशका विषयमा शिक्षा दिने अपेक्षा गरिएको छ। जिल्लाका अन्य सात स्थानीय तहले भने पाठ्यक्रम निर्माणको प्रक्रियामा रहेको जनाएका छन्।

    रासस

    • स्थानीय पाठ्यक्रम
    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • २.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.