धनगढी – कैलालीमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी) को टोलीले मंगलबार कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरुलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको र अहिले उनीहरुलाई छालासहित इलाका प्रहरी कार्यालय चौमालाको जिम्मा लगाएको छ।