• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

धार्मिक आस्थाको केन्द्र बेहडाबाबा

  •  संवाददाता
  • बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित यो मन्दिर सुदूरपश्चिमको मात्रै होइन देशकै धरोहर हो। यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ। खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वासका साथ प्रत्येक वर्ष गंगा दशहरा मेला लाग्ने गर्दछ।उनीहरूले ‘बेहडाबाबा सच्चे है। मेरी मनोकामनाए पूर्ण हुई,’ लेखेको प्रशस्त भेटिन्छ ।

    यो मन्दिर रामपुर गाउँको जङ्गल किनारमा छ। यसको इतिहास निकै पुरानो मानिन्छ। नयाँ मुलुक भनेर चिनिएको कैलाली, कञ्चनपुर, बाँके र बर्दियाको भूभाग उहिले भारतीयहरूको दबदबा थियो। जंगबहादुर राणाले ब्रिटिस कम्पनीलाई सघाएबापत प्राप्त भएकाले सो क्षेत्रमा भारतीयहरू आफ्नो हक जमाउन खोज्थे। त्यस क्षेत्रमा घना जङ्गल भएकाले मानिसहरूको त्यति बसोबास थिएन।नेपाललाई इस्ट इन्डिया कम्पनीले बक्सिसको रुपमा सो क्षेत्र दिएपछि नेपाली मूलका आदिवासीहरूको बसोबास सुरु भएको बुढापाखा बताउँछन्।

    परापूर्वकालमा त्यहाँ शिवलिंग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ। भारतीयहरू सो क्षेत्रमा घुम्न आएका बेला शिवलिंग फेला पारेका थिए ।भारतीयहरू शिवलिंगलाई उखेल्न धेरै पटक प्रयास गरे तर सफल हुन नसकेको बताइन्छ। उखेल्न नसकेपछि भारतीयहरूले फलामको घनले हिर्काएर फुटाउन खोजेका थिए भनिन्छ।

    घनले हिर्काएको चिनो अहिले पनि शिवलिंगको माथिल्लो भागमा देख्न सकिन्छ। धेरै प्रयास गर्दा समेत शिव लिंग उखेलेर भारत लैजान नसकेपछि सोही ठाउँमा मन्दिर स्थापना गरिएको जनविश्वास छ। सुरुमा सानो रुपमा देखिएको शिव लिंगको आकार बढ्दै गएको छ।

    भारतीय पत्रिका अमर उजालाले लेखेको छ, ‘सन् १९५० मा कान्हा नामका भारतीय युवकले पहिलो पल्ट शिव लिंगलाई देखे। उनले शिव लिंगलाई उखालेर आफ्नो घर लैजान खोजे। धेरै प्रयास गर्दा उखेल्न नसकेपछि रिसले उनले बञ्चरोले शिव लिंगमा प्रहार गरे। त्यसपछि शिवलिंग जमिनमा विलिन भयो। बिस्तारै श्रद्धालुको शिवलिंगप्रति आस्था बढ्दै गयो र शिव लिंग बाहिर आउँदै गयो।’ शिव लिंगको उचाइ अहिले करिब सात फिट छ।

    श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन्। पहिले भारतीय पुजारी रहेकोमा पछिल्लो समय त्यहाँ आदिवासी थारु पुजारी छन्।

    बेहडाबाबाको उत्तरतर्फ रहेको बेहडाबाबा ताललाई सौन्दर्यकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ। संघीय सरकारले आथिक वर्ष २०७८/०७९ को बजेटमा बेहडाबाबा ताललाई समेटेपछि यसको विकास अघि बढ्ने अपेक्षा गरिएको छ।बेहडाबाबा मन्दिरको ठीक पछाडि रामपुर गाउँको पश्चिमतर्फ रहेको बेहडाबाबा ताल छ। २० हेक्टर क्षेत्रफलमा फैलिएको ताल घनाजंगलले घेरिएको छ।

    जंगलको बीचमा रहेको तालको मध्य भागमा गंगा माताको मन्दिर छ। यसले तालको सुन्दरता अझ बढाएको छ।कमलका पातले छोपिएको तालमा जताततै कमलको फूल सेताम्मे देखिन्छन्। तालको छेउमा राखेको डुंगा चढेर कमलका फूलसँग खेल्दै गंगा माताको दर्शन गर्न सकिन्छ।

    मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र सो क्षेत्र घुम्न आउने पर्यटकको रोजाइमा बेहडाबाबा ९महादेवा ताल० पर्ने गरेको छ।
    मन्दिर व्यवस्थापन समिति अध्यक्ष खेमबहादुर चन्दले माछापालन बन्द गरेर ताललाई व्यवस्थित बनाउने काम सुरु गरेको बताए। अध्यक्ष चन्दले माछापालन बन्द गरेर कमलका पात बिक्री गर्दै आएको बताए।

    ‘ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ,’ चन्दले भने, ‘सडकको पहुँच, विद्युत् सेवा, पर्यटकका लागि सुविधायुक्त आवास तथा प्रचारप्रसारको कमीका कारण बाह्य पर्यटक भित्र्याउन सकिएको छैन।’

    धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बेहडाबाबा मन्दिर र ताललाई व्यवस्थित गर्न तालसम्म जोड्ने सडक निर्माणदेखि तटबन्ध निर्माण कार्य धमाधम भइरहेको बताए। उनले धनगढी–बेहडाबाबा–महादेवा तालसम्मको १५ किलोमिटर रिङरोड निर्माण कार्य भइरहेको जानकारी दिए।

    • धार्मिक आस्था
    • बेहडाबाबा
    बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.