कैलालीको गोदावरी नगरपालिकाले कोरोनाका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ।
कोरोना महामारीको पहिलो भेरियन्ट र दोस्रो भेरियन्टमा ज्यान गुमाएका नगरभित्रका २६ जना नगरबासीका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको हो।
बिहिबार नगरप्रमुख हरिसिं साउँदले प्रतिव्यक्ति रु १० हजारका दरले मृतकका परिवारलाई नगद वितरण गरेका थिए। नगद वितरण पश्चात बोल्दै उनले कोरोनाले ज्यान गुमाएका नगरबासीका परिवारलाई थोरै भएपनि राहत होस भन्ने उद्देश्यले नगद वितरण गरेको बताए।
नगरपालिकाले किरिया खर्चवाफत मृतकका परिवारलाई आर्थिक सहयोग गरेको उनले बताए।