• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम प्रदेश सरकार : चार वर्षमा ९० अर्बको बजेट, ५५ अर्ब मात्र खर्च

  •  संवाददाता
  • बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम सरकारले गत आर्थिक वर्ष ०७७/७८ का लागि विनियोजन गरेको कुल बजेटमध्ये साढे ११ अर्ब रुपैयाँ फ्रिज भएको छ । ३४ अर्ब साढे ६४ करोडको बजेट ल्याएको सरकारले त्यसको २३ अर्ब साढे १४ करोड ५४ लाख अर्थात् ६६.८१ प्रतिशत मात्र खर्च गर्न सक्यो ।

    पुँजीगततर्फको १८ अर्ब २४ करोड बजेटमध्ये पाँच अर्ब ५४ करोड रुपैयाँ फ्रिज भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार १२ अर्ब ४८ करोड बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले करिब तीन अर्ब रुपैयाँ खर्च गर्न सकेन । सात अर्ब ३१ लाख बजेट पाएको सामाजिक विकास मन्त्रालयको करिब दुई अर्ब रुपैयाँ फ्रिज भएको छ । विकासे मन्त्रालयका रूपमा रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च पनि सन्तोषजनक छैन ।

    चालू वर्षमा पाँचौ बजेट कार्यान्वयनको तयारी गरिरहेको सुदूरपश्चिम सरकारको बजेट खर्च गर्ने क्षमता बढ्न सकेको छैन । बजेट कार्यान्वयन पक्ष कमजोर हुँदा सरकारले विगतका बजेटमा प्राथमिकताका साथ समावेश कतिपय महत्वाकांक्षी योजना र कार्यक्रम अलपत्र छन् । दोस्रो बजेटमै समावेश प्रदेश बससेवा सञ्चालन, प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालन, जडीबुटी केन्द्र स्थापना, खाद्य संस्थान र औद्योगिक ग्राम स्थापनालगायतका योजना र कार्यक्रम अझै कार्यान्वयन भएका छैनन् ।

    यस्तै खप्तडवरिपरि रिङरोड बनाउने, विद्युत् आयोजना सञ्चालनका योजनाले पनि मूर्तरूप लिन सकेको छैन । सरकारले पहिला बजेटमा समावेश गरेका प्रदेश बससेवा, सुपथ मूल्य पसललगायत कतिपय महत्वाकांक्षी कार्यक्रम त्यसपछिका बजेटमै परेनन् ।

    सरकारले सुरुको पूरकसहित चारवटा बजेट कार्यान्वयन गरिसकेको छ । तर, चौथो बजेटसम्म पनि सरकारको खर्च गर्ने क्षमता भने कमजोर नै देखिएको छ । त्यसअघिका तीनवटा बजेटको खर्च ६० प्रतिशत नाघेको छैन । विगत वर्षका चारवटै बजेटको कुल रकम ८९ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ छ । तर, त्यसमध्ये ५५ अर्ब १८ करोड मात्र खर्च भएको प्रदेश लेखाको तथ्यांकले देखाउँछ । चारवटै बजेटको गरी पुँजीगततर्फको कुल ४५ अर्ब ८३ करोड ३२ लाखमध्ये २९ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च ६३.९६ प्रतिशत हो ।

    सरकारले आर्थिक वर्ष २७४/७५ मा पूरक बजेटका रूपमा एक अर्ब दुई करोडको बजेट ल्याएको थियो । सरकार गठन भएको सुरुवातको वर्ष र नयाँ संरचना निर्माण भइनसकेको हुनाले त्यसको २५.४६ प्रतिशत मात्र खर्च भएको थियो । यस्तै, आर्थिक वर्ष ०७५/७६ मा २५ अर्ब छ करोड, ०७६/७७ मा २३ अर्ब २९ करोड ३० लाख, ०७७/७८ मा ३४ अर्ब ६४ करोड ४९ लाखको बजेट सार्वजनिक गरिएको थियो । प्रदेश लेखाको तथ्यांकअनुसार खर्च क्रमशः ५१.९१ प्रतिशत, ६०.२५ र ६६.८१ प्रतिशत छ ।

    किन हुँदैन खर्च ?
    अर्थशास्त्रका जानकार उपप्राध्यापक राजेन्द्रवीर चन्द राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी बर्सेनि बजेट खर्च नहुनुको मूल कारण रहेको बताउँछन् । ‘कर्मचारी, नीतिनियमको अभाव सहायक कारण होलान्,’ चन्दले भन्छन्, ‘तर, मुख्य कुरा राजनीतिक इच्छाशक्ति नै हो । नेतृत्वमा रहेकाहरूले तदारुकता नदेखाउँदा सुदूरपश्चिममा हरेक वर्ष आधा बजेट खर्च हुँदैन ।’

    सहज नीतिनियम निर्माण र जनशक्ति व्यवस्थापनको दायित्व सरकारकै भएको उनले बताए । आवश्यकता, लागत निर्धाण, कार्यान्वयनको ढाँचाजस्ता पक्ष नहेरी कार्यकर्ताको खल्तीका योजनामा बजेट विनियोजन गरिनु पनि बजेट खर्च नहुनुको कारण रहेको उनले बताए ।

    सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी बजेट कार्यान्वयन नहुनु सरकारको कमजोरी भएको बताउँछन् । कर्मचारी अभावको कारण देखाएर सरकार सधैँभरि पन्छिन नमिल्ने उनले बताए । ‘पहिलो, दोस्रो वर्षसम्म कर्मचारी अभाव भन्नु ठीकै हो । कर्मचारी अभावले समस्या हो भने करारमा भए पनि राख्नुपर्थ्याे,’ जोशीले भने, ‘काम गर्ने विगतको प्रणालीमा पनि परिवर्तन भएन ।’

    आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने प्रवृति पनि अन्त्य हुन सकेको छैन । सरकारले गत वर्ष करिब २७ प्रतिशत खर्च असारमै गरेको छ । सरकारका अर्थसचिव झलकराम अधिकारी प्रदेश सरकारको खर्च गर्ने क्षमताको विकास हुन नसकेको स्विकार्छन् । ‘राजनीतिक हस्तक्षेप, योजना तर्जुमा आदि यसका कारण हुन सक्लान्,’ उनले भने । सबैभन्दा ठूलो कमजोरी भने बजेट तर्जुमाका क्रममा हुने गरेको अधिकारीले बताए । बजेट तर्जुमा वास्तविकतामा आधारित हुन नसकेको उनको भनाइ छ ।

    ‘हामीले योजना छनाेट गर्दा कार्यान्वयन क्षमता हेरेनौँ । दीर्घकालीन महत्वका योजनामा ध्यान दिएनौँ, टुक्रे योजनामा जोड दियौँ,’ बजेट निर्माणका क्रममा हुने राजनीतिक हस्तक्षपप्रति संकेत गर्दै अधिकारीले भने, ‘यसले ठूला आयोजनामा बजेट अभाव हुने र टुक्रे योजना कार्यान्वयन नहुने अवस्था आयो । खर्च गर्न सक्ने ठाउँमा बजेट जान सकेन, खर्च नगर्ने ठाउँमा बजेट गयो ।’ बजेट वास्तविकतामा आधारित भए मात्रै खर्च प्रणालीमा सुधार हुने र प्रतिफल पनि देखिने उनको भनाइ छ । कर्मचारी अभाव त्यति ठूलो समस्या नभएको सचिव अधिकारीको भनाइ छ ।

    • बजेट खर्च
    बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.