धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जना कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा अस्पतालको प्रयोगशालामा १२९ जनाको नमूना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ९ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ४ जना भर्ना भएका छन्। हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ६ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ।