• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ १९, २०७९ | Thursday 2nd February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • २ घण्टा अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • २ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • ३ दिन अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

सुदूरपश्चिममा बसेर कर्णाली प्रदेशको सेवा लिन्छन् मोहन्यालवासी !

  •  संवाददाता
  • मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलालीको दुर्गम पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३, राँगा मलेखा, चावा र ताम्चाका वासिन्दा सामान्य किनमेलदेखि शिक्षा, स्वास्थ्य उपचारसम्मका सेवा लिन कर्णाली प्रदेशस्थित सुर्खेतको चौकुने गाउँपालिका पुग्ने गरेका छन्।

     

    आफ्नै गाउँपालिकामा स्वास्थ्य सेवा उपलब्ध हुँदा पनि चौकुने गाउँपालिका जानु उनीहरूको बाध्यता हो।

    मोहन्याल गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालय फल्लेबिसौनीमा छ। राँगा मलेखा, चावा र ताम्चाका वासिन्दालाई वडा कार्यालय पुग्न एकदेखि दुई दिनसम्म लाग्ने गरेको छ।

    स्थानीयका अनुसार यहाँबाट फल्ले बिसौनी पुग्न वयस्कलाई एक दिन र बालबालिकालाई दुई दिन लाग्ने गरेको छ। तर, यहाँबाट कर्णाली तरेर आधा घण्टामा चौकुने गाउँपालिका पुगिन्छ।

    यहाँका स्थानीय डुंगाबाट जोखिमपूर्ण यात्रा गरेर कर्णाली तर्ने गरेका छन्।

    ‘आफ्नै गाउँपालिकाको वडा कार्यालय पुग्न दुई दिन लाग्छ। त्यसैले हामी डुंगामा कर्णाली तरेर सुर्खेत जान्छौं,’ स्थानीय धनसरा देवकोटाले भनिन्, ‘सुत्केरी, गर्भवती तथा शिशुहरूलाई खोपको लागि त्यहाँ लैजानु पर्छ। किनमेलका लागि पनि हामी चौकुने पुग्छौं।’ यहाँका बालबालिका पनि पठनपाठनका लागि चौकुने गाउँपालिका जाने गरेको उनले बताइन्।

     

    स्थानीय शान्ता टमटा घरनजिकै बालबालिकालाई खोप लगाउने व्यवस्था नहुँदा सेवा लिन अर्काे प्रदेशको गाउँपालिका जानुपरेको बताउँछिन्। ‘हाम्रै वडामा सेवा सुविधा पाइने भए हामीलाई कर्णाली नदी तरेर अर्को प्रदेश जान रहर थिएन,’ उनले दुखेसो पोखिन्।

    उनले घरनजिकै खोप लगाउने व्यवस्था नहुँदा डुंगा दुर्घटनामा धनसरा सलामी मगरको ज्यान गएको बताइन्। ‘यो बाध्यतामा हामी कहिलेसम्म ? कहिले पाउँछौं हामीले आफ्नै वडामा सेवा ?’ आक्रोशित हुँदै उनले भनिन्।

    सुर्खेत जानका लागि पुल पनि छ। तर, त्यहाँसम्म पुग्न तीन घण्टा लाग्ने गरेको स्थानीय बताउँछन्।

    ‘सुर्खेत पुगेर छिटो घर फर्किनुपर्याे। पुलको बाटोबाट जान थालेपछि त रात परिहाल्छ। त्यसैले हामी डुंगाबाटै कर्णाली वारपार गर्छौं,’ स्थानीय गोविन्द माझीले भने।
    राँगा मलेखामा करिब ९७ परिवार छन्। त्यस्तै ताम्चा र चावामा पनि सयको हाराहारीमा घरधुरी छन्।

    यहाँका सुत्केरी तथा गर्भवती महिला मात्रै होइनन्, बालबालिका पनि नियमितरूपमा सुर्खेतको चौकुने गाउँपालिका–४, बिरौरामा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन्।

    ‘हाम्रो वडामा प्राथमिक विद्यालय मात्रै छ। माध्यमिक तहको शिक्षा यहाँ छैन,’ मोहन्याल– ३, ताम्चाका हरिस मगरले भने, ‘राँगा मलेखामा कर्णाली राष्ट्रिय प्राथमिक विद्यालय छ। कक्षा ५ भन्दा माथिल्लो तहको पढाइका लागि वडा नम्बर ६ मा रहेको सोल्टा पुग्नुपर्छ। तर, त्योभन्दा नजिक कर्णाली प्रदेशमा विद्यालय छन्। दैनिक ४० जनासम्म विद्यार्थी कर्णालीको भेल तरेर विद्यालय अर्को प्रदेशको विद्यालय जान्छन्।’

    वडाअध्यक्ष भन्छन्– सक्दो चाँडो वडाबाटै सबै सेवा पुर्याउने प्रयत्न गर्छाै‌

    सुदूरपश्चिम प्रदेशको राजधानीको भएको सुगमको जिल्ला हो कैलाली। कैलालीमा पहाडी इलाका भएका मोहन्याल र चुरे गाउँपालिका अति विकट क्षेत्र हुन्।
    मोहन्याल गाउँपालिका–३ का वडाअध्यक्ष नन्दाराम गिरी तत्काल वडाका नागरिकलाई वडाबाट सम्पूर्ण सेवा दिन सकिने अवस्था नरहेको बताउँछन्।

    ‘वर्षातको समयमा ग्रामीण सडकमा यातायात चल्न सक्ने अवस्था छैन। हिँडेर सेवा लिन आउन उहाँहरूलाई दुई दिनसम्म लाग्छ। अरू बेला त यातायातको सुविधा हुन्छ। तर, वर्षातमा गाडी चल्दैनन्,’ उनले भने, ‘त्यसैले कर्णाली नदी नजिक बसोवास गर्नेहरू खोपलगायत सेवा लिन चौकुने गाउँपालिका पुग्छन्।’

    उनले वडावासीलाई वडामै स्वास्थ्य सेवा दिन स्वास्थ्य चौकी निर्माण गर्ने योजना तयार भइरहेको बताए। ‘त्यतिञ्जेलसम्म हामी घुम्ती शिविरबाटै सेवा प्रवाह गर्छौं। तर, नागरिकलाई किनमेल र अन्य सेवा सुविधाको लागि कर्णाली प्रदेशको विकल्प छैन। नागरिकलाई रोक्न सकिने अवस्था छैन,’ उनले भने।

    उनले सक्दो चाँडो वडाबाटै सबै सेवा पुर्याउने प्रयत्न गर्ने बताए।

    अझै भेटिएनन् बेपत्ता

    आइतबार डुंगा दुर्घटना हुँदा बेपत्ता तीन जना अझै भेटिएका छैनन्। २० वर्षीया गर्भवती पार्वती थापा मगर, २२ वर्षीया उर्मिला सलामी मगर र उनकी १० दिने छोरी प्राप्ति सलामी मगर अझै बेपत्ता छन्।

    डुंगा पल्टिँदा स्थानीय धनसरा सलामी मगरको मृत्यु भएको थियो।

    ‘हामीले घटना भएदेखि नै खोजी जारी राखेका छौं,’ इलाका प्रहरी कार्यालय, सुँगरखालका इन्चार्ज कुमालले भने, ‘तर, अझै भेटेका छैनौं। कर्णाली नदीमा पानीको सतह निकै बढेको छ। धमिलो पानी भएकाले खोज्न निकै कठिनाइ भइरहेको छ।’

    यसअघि गत शुक्रवार पनि कर्णाली नदीमा जिप दुर्घटनामा हुँदा बेपत्ता भएका एक दम्पती पनि अझै फेला परेका छैनन्।

    एकै परिवारका ५ जना सवार बा११च ९३८ नम्बरको जिप चिसापानीदेखि सोल्टा जाने सडकखण्डबाट कर्णाली नदीमा खसेको थियो। जिपमा सवार तीन जनाको उद्धार गरिएको छ। बेपत्ता हुनेमा डडेलधुरा स्थायी घर भई डोटीको आदर्श गाउँपालिका बस्दै आएका चन्द्रप्रकाश जोशी र पत्नी रुवी जोशी छन्।

    • कर्णाली प्रदेश
    • मोहन्यालवासी
    • सुदूरपश्चिम
    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • २.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • ३.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.