• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, पुष २६, २०८२ | Saturday 10th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ३ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ४ हप्ता अगाडि

Advertisement

बझाङ दहबगरमा २ करोडको आलु उत्पादन

  •  संवाददाता
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङको बुंगल नगरपालिकाको दहबगरमा २ करोडभन्दा बढी मूल्यको आलु उत्पादन भएको छ । उच्च हिमाली भेगमा पर्ने दहबगरमा फलेको आलुको खपत जिल्लाभित्र मात्रै नभएर कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामा पनि हुन थालेको छ । तराईमा दहबगरको आलुको माग र मूल्य दुवै उच्च रहेको किसानहरूले बताएका छन् ।

    बझाङको बुंगल नगरपालिकास्थित दहबगरमा उत्पादित आलु तराई पठाउन प्याकिङ गर्दै किसान । तस्बिर स् कान्तिपुर
    हाल बुंगल नगरपालिका १ र २ मा पर्ने साविक दहबगर गाविसका गोइचन, रैसल्ली, मजिउन, बस्ती, बमौर, सतिवन, कचाली, काँडा, काँटै गिरौं, मलेरालगायत गाउँका ६ सय १९ परिवारले व्यावसायिक आलु खेती गरेका छन् । दुइ वर्षअघिदेखि सुरु गरिएको आलु खेतीबाट प्रतिपरिवार न्यूनतम ५० हजारदेखि २ ‘चाररपाँच क्विन्टल आलु नफलाउने परिवार त कुनै गाउँमा पनि छैनन् होला,’ किसान करसिंह जाग्रीले भने, ‘बढी जग्गा हुने र मिहिनेत गर्नेहरूले २५र३० क्विन्टलभन्दा बढी पनि फलाएका छन् ।’ उनले यहाँ उत्पादित आलुले बजार पाउन थालेपछि कृषकहरू आलु खेतीतर्फ आकर्षित हुन थालेको बताए ।

    यहाँ उत्पादित आलु ठूलो मात्रामा स्थानीयस्तरमा नै खपत हुने गरेको र बचेको बिक्री गरेर स्थानीयले राम्रो आम्दानी लिइरहेको स्थानीयको भनाइ छ । ‘बर्खामा यहाँका सबै परिवारले एक छाक आलुकै परिकारको खाना खाने गरेका छन्,’ रैसल्लीकी किसान सुनिता देवीजाग्रीले भनिन्, ‘आफुले खाएर बचेको आलुले घर खर्च चलाउँछौं । धेरै जग्गामा खेती गर्नेहरूले राम्रै आम्दानी पनि गरेका छन् ।’ उनले गाउँमा उत्पादित आलु प्रतिकिलो २५ रुपैयाँका दरले गाउँकै बजारमा खपत हुने गरेको बताइन् ।

    उच्च हिमाली क्षेत्रको चिसो वातावरणमा फलेको आलु स्वादिलो हुने र कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगरिएको हुनाले स्वास्थ्यलाई पनि फाइदा हुने भएकोले यहाँ उत्पादित आलुको माग र मूल्य कैलाली कञ्चनपुरलगायत तराईका जिल्लाहरूमा बढी भएको स्थानीयको भनाइ छ । ‘यहाँको माटोमा फलेको आलु उसै पनि स्वादिलो र मीठो हुन्छ, त्यसैमा रासायनिक मल र विषादी नहालेको भनेपछि तराईतिरका मान्छेले बढी रुचाउने रहेछन्,’ दहबगर कृषि नमुना गाउँका अध्यक्ष कृपा जाग्रीले भने ‘तराईका व्यापारीहरूले फोनबाट सम्पर्क गरेर ट्रक पठाइदिन्छन् । यहाँका किसानबाट संकलन गरेर हामीले गाडीमा लोड गरेर पठाइदिन्छौ ।’ उनले हालसम्म ५ ट्रक आलु कैलाली र कञ्चनपुर पठाइएको र थप पठाउने तयारी भैरहेको बताए ।

    व्यावसायिक रूपमा नभए पनि पहिलादेखि नै आलुखेती भैरहेको यो गाउँमा आलु खेतीलाई व्यावसायिक बनाउनका लागि कृषि ज्ञान केन्द्र बझाङले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी नमुना गाउँ कार्यक्रमअन्तर्गत बजारीकरण र आलु भण्डारणमा सहयोग गरेको छ । परियोजनाले आलु भण्डारणका लागि गाउँमै दुईवटा रस्टिक स्टोर ९आलु नकुहिने गरी भण्डारण गर्न मिल्ने घर० निर्माण गरिदिएको छ । यस्तै आलुखेतीसम्बन्धी तालिम, आलु प्याकिङ गर्ने बोरा, सिँचाइका लागि पाइप पनि परियोजनाले उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका सहजकर्ता हिक्मत धामीले बताए ।

    धामीले गाउँमा बनाइएका रस्टिक स्टोरमा ठाउँको अभाव भएको र लामो समयसम्म आलु भण्डारण गर्न नमिल्ने भएकाले बीउ आलु भण्डारणका लागि कैलालीको पहलमानपुरस्थित कोल्ड स्टोरमा आलु पठाउन थालिएको बताए । ‘१ हजार २ सय क्विन्टल आलु बीउका लागि कोल्ड स्टोरमा पठाउने काम भइरहेको छ,’ उनले भने, ‘कोल्ड स्टोरको भाडा र त्यहाँसम्म आलु ढुवानी भाडा ज्ञान केन्द्रले नै तिरिदिएको छ ।’

    कोल्ड स्टोरमा राखिएको बीउ आलुको मूल्य अहिलेको बजार मूल्यभन्दा चाररपाँच गुणा बढी हुने उनले बताए । जिल्लामै कोल्ड स्टोरको व्यवस्था भए आलु भण्डारणमा सहज हुने र महँगो भाडा तिररे अरू जिल्ला पठाएको आलुभन्दा सस्तो मूल्यमा बजारमा बिक्री गर्न सकिने उनको भनाइ छ ।

    यस वर्ष दहबगरमा मात्रै नभएर जिल्लाभरि नै आलुको उत्पादन राम्रो रहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ । यो वर्ष जिल्लाभरिमा बर्से आलु मात्रै ७ सय देखि ८ सय मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।

    • २ करोडको आलु
    • बझाङ दहबगर
    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.