• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, जेठ ०३, २०८२ | Friday 16th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
  • ३ घण्टा अगाडि

सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
  • ३ घण्टा अगाडि

पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो
  • ३ घण्टा अगाडि

आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी
  • ३ घण्टा अगाडि

कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु
  • ३ घण्टा अगाडि

कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलीका सामान बरामद
  • ३ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
  • ३ घण्टा अगाडि

सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ
  • १९ घण्टा अगाडि

बझाङमा करणीको आरोपमा एक जना पक्राउ
  • १९ घण्टा अगाडि

डुङ्गामै कर्णाली तर्छन मोहन्यालवासी,तीन पटक सर्वे तर वनेन पुल

  •  संवाददाता
  • शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको दुर्गम पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३ को ४ वटा गाउँका बासिन्दाहरू पुल नहुँदा जोखिम मोलेर डुङ्गाबाट कर्णाली तर्ने गरेका छन् ।

    राँगा मलेखा, चावा र ताम्चा गाउँका बासिन्दा दैनिक उपभोग्य सामान लिन कर्णाली नदिमा पुल नहुँदा डुङ्गा चढेर सुर्खेतको चौकुने जान बाध्य भएका हुन्। स्थानीयलाई सामान्य किनमेलदेखि शिक्षा,स्वास्थ्य उपचार लगायतका सेवा लिन कर्णाली प्रदेशस्थित सुर्खेतको चौकुने गाउँपालिका पुग्नुपर्ने बाध्यता छ ।

    मोहन्याल गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालय फल्ले बिसौनीमा छ। राँगा, मलेखा, चावा र ताम्चाका बासिन्दालाई वडा कार्यालय पुग्न दुई दिनसम्म लाग्छ। यहाँबाट कर्णाली तरेर आधा घण्टामा चौकुने गाउँपालिका पुगिन्छ।

    गत साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना भएपछि अहिले मोहन्याल– ३ का महिलाहरू तीन किलोमिटर हिँडेर झोलुङ्गे पुल हुँदै चौकुने जान्छन् । पौडिन सक्ने युवाहरू भने अहिले पनि डुङ्गाबाटै कर्णाली तरिरहेका छन् ।

    ‘खाद्यान्न किनमेलका लागी पनि हामी सुर्खेतको चौकुने नै पुग्नुपर्छ,यहाँ सुविधा छैन’,मोहन्याल ३ का रमेश सलामीले भने,‘पौडिन सक्नेहरू अहिले पनि डुङ्गाबाटै कर्णाली नदी तरिरहेका छन्,नसक्नेहरू तीन किलोमिटर हिँडेर झोलुङ्गे पुल हुँदै जान्छन्’

    डुङ्गा दुर्घटनामा घाइते हर्सना आले अझै पनि त्यस्तो घटना हुनसक्ने भन्दै त्रसित छिन् । ‘म आफैँ दुर्घटनामा परेँ पौडिन सक्ने हुनाले ज्यान बाँच्यो आँखै अगाडी साथीहरू नदीमा डुबे,अहिले पनि डुङ्गाबाटै कर्णाली तर्नु पर्दा निकै डर लाग्छ।’

    तीन पटक सर्वे भयो तर, बनेन पुल

    कैलालीको मोहन्याल र सुर्खेतको चौकुने जोड्ने गरी कर्णाली नदीमा झोलुङ्गे पुल निर्माणको लागि पटक पटक सर्भे भएको छ । पुल सर्भेको काम सकेर टोली फिर्ता गइसकेको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दलाल गिरीले बताए ।

    ‘पुल निर्माणका लागी सर्वे भइसकेको छ,हामीले झोलुङ्गे पुलका लागी पहल गरिरहेका छौं’,वडाध्यक्ष गिरीले भने,‘पुल बनेपछि यहाँका नागरिकलाई निकै सहज हुन्छ।’ कर्णाली नदीमा झोलुङ्गे पुल निर्माणको चर्चा अहिले मात्रै चलेको हैन । यस अघि पनि दुई पटक सर्वे भइसकेको छ।

    ‘पुल निर्माणका लागी यसअघि पनि दुई पटक सर्वे भएको हो’,वडाध्यक्ष गिरीले भने,‘गाउँपालिकाको बजेटले पुग्दैन सङ्घीय सरकारले यस अघि पुलका लागी बजेट दिएन,तर यस पटक बजेट पर्छ होला।’

    सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य झापटबहादुर रावलले समयमै सम्पन्न हुने गरी काम सुरु भएको बताए। ‘डिपिआर बने लगत्तै पुल निर्माणको काम सुरु हुन्छ’,उनले भने। ‘हामीले पुरानो सर्वे रिपोर्ट पाएनौँ,त्यसैले सुरुबाटै सर्भे गरेका हौँ’, रावलले भने, ‘नागरिकलाई सामान्य सेवा लिन अर्को जिल्ला जानु नपर्ने गरी आवश्यक सबै सेवा बिस्तारमा पनि जोड दिन्छौँ।’

    रागामलेखामा करिब ९७ परिवार छन्। त्यस्तै ताम्चा र चावामा पनि सयको हाराहारीमा घरधुरी छन्। यहाँका बालबालिका पनि सुर्खेतको चौकुने गाउँपालिका–४, बिरौरामा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन्।यहाँका बासिन्दा स्वास्थ्य तथा अन्य सेवा लिन पनि सुर्खेत जानुपर्ने बाध्यता छ।

    साउन १७ गते गर्भवती जाँच तथा बालबालिकालाई खोप लगाउन रागामलेखाबाट सुर्खेतको भुडेभावर हिँडेका हरू सवार डुङ्गा कर्णाली नदिमा दुर्घटना हुँदा १ बालक सहित ४ जनाको ज्यान गएको थियो। साभार : उकेरा

    • डुङ्गामै कर्णाली
    • मोहन्यालवासी
    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
    सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
    पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • २.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    • ३.
      पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    • ४.
      आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी

    • ५.
      कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु

    • ६.
      कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलीका सामान बरामद

    • ७.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ८.
      सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ

    • ९.
      बझाङमा करणीको आरोपमा एक जना पक्राउ

    • १०.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • १.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • २.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ३.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ४.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ५.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • ६.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ७.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ८.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ९.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • १०.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.