• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

प्रेमसँग घृणा र घृणासँग प्रेम माया गर्नुको अर्थ सिउँदो भर्नु मात्रै होइन : राज बोगटी

  •  संवाददाता
  • सोमबार, चैत २६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रेमसँग घृणा र घृणासँग प्रेम  उहीँ तिमीलाई माया गर्ने मान्छे …

    त्यो दिन मैले आफ्नो ज्यान आफैं लिन खोजेको थिएँ, तर सकिनँ। तिमीलाई बिर्सिनु त आफ्नो ज्यान लिनुभन्दा पनि कठिन रह‍ेछ।

    जब भोगें अनि मात्र थाहा पाए जिन्दगीका अनगिन्ती यात्राहरूमध्ये सबभन्दा कठिन यात्रा त यो मायाको हुँदो रहेछ।
    कसैलाई पागल बनाइदिएको छ यही मायाले, कसैलाई सफल बनाइदिएको छ यही मायाले, कसैलाई कमजोर बनाइदिएको छ यही मायाले अनि कसैलाई सहनशील बनाइदिएको छ यही मायाले।

    खै तिम्रो मायाले मलाई सफल असफल के बनायो त्यो त म भन्न सक्दिनँ। मैले तिमीलाई कति प्रेम गरें त्यसको जवाफ पनि मसँग छैन तर प्रेमको नाममा पनि नजानेको म तिमीलाई निर्विरोध प्रेम गरिरहें।

    तिमीले मलाई बुझ्यौ या बुझिनौ त्यो पनि थाहा छैन तर मैले भने तिमीलाई नबुझेर नै प्रेम गरिरहें। मैले तिमीलाई प्रेम गर्नुमा कुनै स्वार्थ थिएन न त कुनै सर्त नै थियो।

    मैले त तिमीलाई एक असल साथी अझ जीवन साथीको रूपमा प्रेम गरेको थिएँ। त्यो प्रेममा कुनै स्वार्थ थिएन केबल आशा थियो त तिम्रो चोखो मायाको।

    तिमीले अन्तिम फोनमा भनेको कुरा अझ पनि झलझली याद छ।
    हाम्रो सम्बन्ध अब सम्भव हुँदैन किनकी तपाईंं र ममा धेरै अन्तर छ। तपाईंंको र मेरो वैचारिक सिद्धान्त मिल्दैन।

    त्यतिबेला गणितको जोडघटाउ लगाएर तिमीलाई प्रश्न गर्न मन थियो-चार वर्षसम्म सम्बन्धमा रहँदा हाम्रो विचार र सिद्धान्त कति मिलेन छ ?

    तर सकिनँ। मैले प्रेम गर्दा के फाइदा र बेफाइदा हुन्छ भनेर हिसाब गरेको थिइनँ। मनदेखि गरेको थिए, निःस्वार्थ माया !

    मैले तिमीलाई किन यस्ता कुरा गरेको भनी सोधेको थिएँ। तर तिमी कुनै कारण छैन, मलाई धेरै प्रश्न नगर्नु भन्दै उत्तर दिनबाट पन्छियौ।

    तिमीले त्यो अन्तिम फोनमा मलाई भनेको अझ याद छ-तपाईंंलाई म कता गएँ भनेर थाहा नै नहोस् भनी सामाजिक सञ्जालबाट ब्लक गर्न खोजेँ। मोबाइल नम्बर समेत परिवर्तन गर्ने मनसाय बनाएँ। तर सकिनँ। किन किन तपाईंंको माया लागेर आयो। तपाईंंले चार वर्षसम्म मलाई गरेको माया सम्झिएँ। मेरो लागि गरेको त्याग सम्झिएँ। यो तपाईंंको लागि मेरो अन्तिम फोन हुनेछ। त्यसपछि हाम्रो गन्तव्य फरक हुनेछ।

    यति भनेपछि म झन् डराएँ निःशब्द भएँ। कसैले सास रोकेझैं निस्सासिएँ म । म पुन अप्ठ्यारो मोडमा पुगेँ। उनले फेरि भनिन्   किन नबोलेकोरु नराम्रो लागेको होरु नराम्रो नमान्नु। जिन्दगी भनेको यस्तै नै रहेछ परिबन्धमा बाँधिएजस्तै।

    आजसम्म जे जति सहयोग गर्नुभयो त्यसका लागि हृदयदेखि नै धन्यवाद। तपाईंंले पुर्‍याएका गुनहरू कहिले बिर्सने छैन। मेरो जिन्दगीमा जोसुकै आए पनि तपाईंंलाई अवश्य सम्झिने नै छु। जिन्दगीमा सधैं सफल बन्नुहोला। हुन त मलाई विश्वास छ तपाईं एकदिन अवश्य सफल बन्नु हुनेछ। किनकि तपाईं कहिले पनि हार मान्नुहुन्न।

    उनले त्यति भन्नासाथ मेरो प्रेमको हार महसुस भइरहेको थियो। यदि उनले पनि मलाई उत्तिकै माया गरेको थिइन् भने मलाई त्यति सजिलै किनारा लगाउने कुरा गर्थिनन्होला।
    मैले भावुक हुँदै भनेँ,तिमी नै जिन्दगीमा नभएपछि त्यो सफलताले के गर्नु। पानी नभएको नदी जस्तै

    तपाईंको जिन्दगीमा म नै हुनुपर्छ भन्ने छैन। मभन्दा राम्रो जीवनसाथी तपाईंले अवश्य पनि पाउनु हुनेछ। अनि तपाईंले भन्नुहुन्थ्यो नि जीवनमा सबै थोक आफूले भनेजस्तो पाउन सकिँदैन। तर कतिपय कुरा नपाउँदा ती कुरा आफ्ना लागि थिएन भनेर आत्मसन्तुष्टि गर्नुपर्छ। मलाई पनि थाहा छैन, मैले तिमीभन्दा राम्रो साथी पाउँला वा नपाउँला।

    यति कुरा उनले फोनमा भनेपछि अन्तिममा उनले भनिन्ल ल भयो अब धेरै कुरा नगरौं। मसँग थोरै समय छ। अहिले दिदी कोठामा आउनुहुन्छ। आमाको ख्याल राख्नु होला।

    मेरो हृदयको  दृष्टि जहाँसम्म पुग्छ म तिमीलाई त्यहाँसम्म देख्छु।
    जहाँ जान्छु, जुन अवस्थामा रहन्छु, तिमीलाई नै देख्छु। सोच त कति धेरै प्रेम गर्दो रहेछु। तिमीले बिछ्याइएका रहरहरूमा मेरा केही रहर मिसाउनु पनि त प्रेम नै होला होइन ररु

    तिमी हिँडेका बाटामा तिमीलाई पछ्याउनु पनि प्रेम भएर नै होला कहाँनेर थिएन र हाम्रो प्रेम तरु

    हाम्रो दिनहुँ हुने अनलाइन च्याटमा के प्रेम थिएन ?
    तिम्रो हँसिलो मुहारबाट निस्कने रहस्यमय हाँसोमा रमाउनु के मेरो प्रेम थिएन ररु

    तिम्रो सफलतालाई आफ्नै सफलता मानेर हिँड्नु मेरो प्रेम नै थियो तिम्रो खिन्नतालाई आफ्नै छातीमा टाँसेर हिँड्नु पनि प्रेम नै थियो।
    तिमीले प्रेम गरेका चिज लाई म पनि प्रेम गर्थें अनि तिमीले घृणा गरेका हरेक चिजलाई म पनि घृणा गर्थें।

    प्रकृति र ईश्वरको सृष्टि तिमी, सुन्दर व्यक्तिहरूको धनी तिमी ती मिलेका दाँत खोलेर मुस्कुराउँदा म मन्त्रमुग्ध बनेर हेरिरहन्थें।

    प्रेममा त एउटाको अनुपस्थितिले यादलाई झन् प्रगाढ बनाउँदो रहेछ।

    फूलको राजा गुलाब भएझैं तिमी त मेरो जीवनको रानी थियौ नि तर यो प्रेममा तिमीले बहार बिछ्याइरह्यौ।  स्वर्ग र सपनाको किरण छरेर छाडिदियौ।

    प्रिय आजकल त मेरो आत्माको नदी निकै तिर्खाएको छ तिम्रै झझल्कोमा हराएर दुनियाँसँग बेखबर भएको छु।

    तिमीलाई नसम्झेको कुनै क्षण छैन। त्यो आकासको बादल, घनघोर वर्षा, घामको उज्यालो, जुन तारा को शितलता,  बिहानीतिर देखिने शीतको थोपाको माला, हिमाल र पहाडको लहर धर्तीको हरियाली फूलहरूको सुगन्ध अनि सुन्दरता जुनसुकै चिजहरू मेरो सामु आउँदा तिम्रै स्मरणको सौगात लिएर आउँछन्।

    प्रेम गीत सुन्दा त यो मनले अझ उग्र वामपन्थीको रूप लिन्छ। मन थाम्न सक्दिनँ। अनि तिम्रा मन मुटुभित्र सजिएका तस्बिरहरू हेर्ने गर्छु। तस्बिरसँगै कुरा गर्ने गर्छु न त त्यो तस्बिर बोल्छ न त मेरो पीडा नै बुझ्छ।

    जहाँ जाउ तिमी नै तिमी, हेराइमा तिमी खोजाइमा तिमी, रोजाइमा तिमी, हाँसो, आँसु गुनासोमा पनि तिमी, अनि हरेक पल धड्किने मुटुसम्म पनि तिमी नै तिमी

    आकाशबाट झरेर जमिनमा पग्लिन पर्खिरहेका असिनाका ढिक्का जसरी तिमीबाट छुटिएको म एक मुठी सासको ढुकढुकीको अस्तित्व बोकेर यही जमिनमा मिल्ने दिन गन्दै बसेको छु।

    उहीँ तिमीलाई माया गर्ने मान्छे

    राज बोगटी 

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.