• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ४ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ४ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

  •  संवाददाता
  • बिहिबार, माघ ०९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी, ८ माघ २०८२

    सुदूरपश्चिम प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत स्तरका कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ३५ कार्यदिने सेवाकालीन प्रशिक्षण बिहीबार धनगढीमा सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (पुन्ना, डोटी) को आयोजनामा सञ्चालित यो प्रशिक्षणको समापन पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला (पशु सेवा तालिम केन्द्र) को हलमा भव्यताका साथ सम्पन्न भएको हो।

    गत मंसिर २५ गतेदेखि सुरु भएको यस गहन प्रशिक्षणमा प्रदेश र विभिन्न स्थानीय तहमा कार्यरत अधिकृत स्तर सातौँ र आठौँ तहका २९ जना कर्मचारीहरू सहभागी थिए। ३५ दिनसम्म चलेको यस सत्रमा “कार्यसम्पादन, विकास व्यवस्थापन तथा सेवा प्रवाह” का विभिन्न आयामहरूमा विस्तृत छलफल र सीप हस्तान्तरण गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि एवं सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले सहभागीहरूलाई बधाई दिँदै तालिमको सार्थकता कार्यथलोमा देखिनुपर्नेमा जोड दिनुभयो। “तालिममा सिकेका ज्ञान र सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यसले प्रदेशको कार्यसम्पादन र सेवा प्रवाहमा सकारात्मक परिवर्तन ल्याउने विश्वास मैले लिएको छु।”

    कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री गेहेन्द्र बमले यो प्रशिक्षणको उद्देश्य कर्मचारीहरूलाई केवल सैद्धान्तिक ज्ञान दिनु मात्र नभई उनीहरूमा नेतृत्व सीप, सकारात्मक सोच, र सदाचारको विकास गर्नु रहेको बताउनुभयो।

    निर्देशक बमले भन्नुभयो, “सहभागीहरूलाई सार्वजनिक खर्च व्यवस्थापन, सङ्घीय शासन प्रणाली, योजना तर्जुमा र कानुन निर्माण जस्ता विषयमा निपुण बनाइएको छ। कर्मचारीहरूमा रहने द्वन्द्व व्यवस्थापन, अन्तरवैयक्तिक सम्बन्ध र तनाव व्यवस्थापनका सीपले कार्यालय सञ्चालनलाई थप आधुनिक र जनमुखी बनाउन सहयोग पुग्नेछ।” उहाँले सहभागीहरूले तयार पारेको कार्ययोजनालाई आफ्नै कार्यक्षेत्रमा लागू गर्न समेत आग्रह गर्नुभयो।

    प्रतिष्ठानले अधिकृत स्तर (सातौँ/आठौँ) का कर्मचारीहरूका लागि आयोजना गरेको यो तेश्रो सेवाकालीन प्रशिक्षण हो। यसअघिका दुईवटा ब्याचले पनि सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन्।

    यस प्रशिक्षणले सुदूरपश्चिम प्रदेशको प्रशासनिक संयन्त्रलाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले महसुस गरेका छन्।

    बिहिबार, माघ ०९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.