• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ९ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ९ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

संगम सहकारी : स्थापना,वर्तमान अवस्था र आगामी योजना (भिडियो सहित)

  •  जीवन बिष्ट
  • बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजारको चौराहाबाट ५ सय मिटर पूर्व धनगढी उप–महानगरपालीका ३ वोराडाँडीमा अवस्थित छ संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड ।
    २०६९ सालमा २५ जनाले १८०० जम्मा गरी सञ्चालनमा आएको संगम सहकारीले एघार वर्ष लामो यात्रा पार गरिसकेको छ ।
    धनगढीमा बसोबास गर्ने समान हित भएका व्यक्तिहरूलाई संस्थामा आबद्ध गराई उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा संगम सहकारीले योगदान दिएको छ ।

    संगम सहकारीले प्रत्येक वर्ष सदस्य सङ्ख्या वृद्धि गर्दै लगेको छ । सदस्यको सङ्ख्या वृद्धि सँगै वित्तीय स्रोतमा पनि सकारात्मक परिवर्तन छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै ४ सय ५३ जना नयाँ सदस्य थप भई सदस्य सङ्ख्या २ हजार १ सय ६८ जना पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ सम्म शेयर पुजी २ करोड ६९ लाख ८२ हजार रहेकामा आर्थिक वर्ष २०७९÷८० मा ३ करोड ११ लाख २५ हजार पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्र शेयर पुजी ४१ लाख ७३ हजार २ सयका दरले वृद्धि भएको देखिन्छ । बचत बर्फ पनि आर्थिक वर्ष २०७८÷७९मा २७ करोड ६ लाख ६१ हजार रहेकोमा आर्थिक वर्ष २०७९÷८० मा २९ करोड ४० लाख ५६ हजार पुगेको छ । एक वर्षको अवधिमा २ करोड ३३ लाख ९५ हजारले वृद्धि भएको छ ।

    सहकारीलाई व्यवस्थित र सेवालाई सरल बनाउन सहकारीले क्यु.आर स्क्यानर सदस्यहरूलाई प्रदान गरिरहेको छ । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने, बचत नीति अझै प्रभावकारी बनाई थप नयाँ बचत योजनाहरू कार्यान्वयनमा ल्याउन संगम सहकारी प्रयासरत छ । कर्मचारीलाई आकर्षक बोनस र सेयर सदस्यलाई सेयर लाभांश १६ प्रतिशत वितरण भइरहेको छ ।
    आर्थिक वर्ष २०७९÷८० सालको असार मासान्त सम्म सहकारीको शेयर पुँजी रु ३ करोड ११ लाख २५ हजार दुई सय पुगेको छ । यसको अलावा साधारण जगेडा कोष १ करोड ९२ लाख ६७ हजार ५ सय ।
    अन्य कोष १ करोड २६ लाख ।

    कर्जा जोखिम व्यवस्था १ करोड २५ लाख ८५ हजार ।
    निक्षेप हिसाब (संस्थामा बचत रहेको ) २९ करोड ४० लाख ५६ हजार ।
    कर्जा तथा सापटी ८ करोड ३८ लाख २२ हजार ।
    अन्य दायित्व तथा व्यवस्था २ करोड ८ लाख ८३ हजार गरी जम्मा दायित्व तर्फ ४७ करोड ४३ लाख ४० हजार ७ सय पैसा ६८ रहेको छ ।

    संगम सहकारीमा ८३ लाख ४८ हजार १ सय स्थिर सम्पत्ति छ। ८ करोड ९४ लाख ३ हजार ३ सय नगद तथा बैङ्क मौज्दातमा छ ।
    लिनु पर्ने अग्रिम तथा स्टक हिसाब १ करोड ९२ लाख २४ हजार ७ सय,कर्जा तर्फ लगानी ३५ करोड ३० लाख ३४ हजार ६ सय र अन्य लगानी ४३ लाख २९ हजार ८ सय गरी संगम सहकारीको कुल सम्पत्ति ४७ करोड ४३ लाख ४० हजार ७ सय छ ।
    चार खाता बाट सञ्चालन गरेको संस्था ११ वर्षको अन्तरालमा प्रविधि मैत्री बनेको छ। सहकारीमा एस .एम .यस सुविधा मोवायल बैङ्किङ फोन पे,लगायतका उपलब्ध छन् ।

    सहकारीले एघार वर्षको अवधिमा व्याजबाट मात्रै ५ करोड ९१ लाख १० हजार ६ सय आम्दानी गरेको छ ।यस्तै व्याज खर्च ३ करोड ४३ लाख ८ हजार २ सय । अन्य आम्दानी ६३ लाख ६ हजार ६ सय, ह«ास कट्टी ७ लाख १५ हजार १ सय,कर्मचारी खर्च १ करोड ४ लाख ८५ हजार ६ सय,सञ्चालन खर्च ३५ लाख ४० हजार ३ सय,कर्जा जोखिम व्यवस्था २१ लाख ६२ हजार ५ सय रहेको छ भने सहकारीले १२ लाख ९१ हजार ३ सय कर्मचारीहरूलाई बोनस दिएको छ ।

    आयकर व्यवस्था अन्तर्गत ९ लाख ३ हजार ९ सय र १ करोड २० लाख ९ हजार ९ सय रुपया लाई सहकारीले कोषहरूमा व्यवस्था भए अनुसार बाडफाड गरेको छ । सहकारीले मुनाफा मात्रै कमाएको छैन । शेयर सदस्यहरुहरु अन्य नागरिकहरूको मन पनि जितिरहेको छ । कर्मचारी तथा शेयरसदस्यहरुलाई सुत्केरी खर्च,उपचार खर्च,दाहसंस्कार खर्च प्रदान गरिरहेको छ भने सामाजिक दायित्व अन्तर्गत आर्थिक नैतिक र भौतिक सहयोग गरिरहेको छ ।

    सदस्यहरूको सुविधाका लागी सेवा केन्द्रहरूलाई थप व्यवस्थित गरिने,बचत नीतिलाई थप प्रभावकारी बनाइ नयाँ बचत योजनाहरू कार्यान्वयनमा छन् । आर्थिक वर्ष २०८०⁄८१ शेयर सदस्य सङ्ख्या २ हजार १ सय ६८ पुग्दा संगम सहकारीलाई १ करोड २० लाख खुद नाफा भएको छ । ३५ करोड ३० लाख ३४ हजार कर्जा लगानी गरिएको छ भने २९ करोड ४० लाख ५६ हजार रकम बचत छ । शेयर रकम भने ३ करोड ११ लाख २५ हजार २ सय छ ।

    संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० साल मङ्सिर ९ गते मात्रै ११ औँ वार्षिक साधारण सभा मनायो । धनगढीको ओम प्यालेसमा आयोजना गरिएको यस पटकको साधारण सभामा शेयर सदस्य भन्दा अन्य अतिथिलाई आमन्त्रण नगरिएका कारण भाषण भन्दा छलफल बढी भयो । साधारण सभाबाट नयाँ अभ्यासको थालनी गरियो ।

    सभामा उपस्थीत ज्येष्ठ सदस्य कमलसिंह साहुलाई प्रमुख अतिथि बनाइयो भने समयमै कार्यक्रम स्थलमा पुग्ने ३० जना शेयर सदस्यहरूलाई गोला प्रथाबाट पुरस्कृत गरियो । यस्तै फोन पे प्रयोग गर्ने सदस्यहरू मध्येबाट १५ जनालाई गोलाप्रथाद्धारा र फोन पे वाट उत्कृष्ट कारोबार गर्ने सदस्यहरू सँग संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान प्रदान गरियो ।

    साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन,लेखा परीक्षण सम्बन्धी प्रतिवेदन,वार्षिक नीति कार्यक्रम र बजेट,लेखापरिक्षण नियुक्ति सँगै पारिश्रमिक,बाह्य कर्जा र शेयर लाभांश लगायतका विषयमा छलफल भयो । संगम सहकारीको ११औँ वार्षिक साधारण सभामा देखिएका परिदृश्यहरूले सहकारी अभियानमा फरक सन्देश दियो । बचत सङै सहकारीका सवालबारे सेयर सदस्यहरू सङ अन्तरङ्ग कुराकानी भयो । संगम सहकारीले अवलम्बन गरेको नयाँ अभ्यासलाई सहकारीकर्मीहरु खुलेरै प्रशंसा गर्छन् । अन्य सहकारीहरूले पनि संगम सहकारीकै शैली अनुसरण गर्नुपर्ने बताउँछन् ।

    तरलता व्यवस्थापन, अन्य बैङ्क तथा वित्तीय संस्थाहरूसँग लघु कर्जा कार्यक्रम लगायतका सेवामा कडा प्रतिस्पर्धा, समानान्तर सहकारीमा सदस्यहरूको दोहोरो सदस्यता, कर्जा सूचना केन्द्रको अभावका कारण कर्जा सदुपयोगिता तथा असुली प्रक्रियामा समस्या जस्ता चुनौतीका बाबजुद सदस्यहरूको व्यावसायिक क्षमता र सोको प्रबद्र्धनमा संस्थाले खेलेको भूमिका,संस्थामा आबद्ध सदस्यहरूको जीवनस्तर सुधार गरी समग्र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक रूपले संवृद्ध बनाउने उद्देश्यले २०६९ सालदेखि सञ्चालनमा आएको संगम सहकारीले अत्तरिया,मसुरिया,फूलबारी,हसुलिया र धनगढी मोतिचोक गरी ५ वटा सेवा केन्द्रबाट पनि सम्पूर्ण सेवा प्रदान गरिरहेको छ ।सहकारीमा करारमा २० जना, प्रशिक्षार्थी ,१०,अस्थायी २,स्थायी ११ जना गरी ४३ जना कर्मचारी छन् । सहकारी र सदस्यहरूको उत्थानका लागी प्रविधिमैत्री थप योजना अघि सार्ने संगम सहकारीको योजना छ ।

    सहकारकर्मी केही काम गर्दा खेरि अरूले के भन्लान् भन्ने सोच्दैनन् बरु अरूले पनि जान्लान् भन्ने सोचका साथ थालनी गरी हाल्छन् । सहकारीको सदस्य स्वावलम्बनको भावनाले अगाडि बढेको हुन्छ । यो भावना संगम सहकारीका सम्पूर्ण शेयर सदस्यहरूमा झल्किन थालेको छ ।
    सहकारिता सामूहिक स्वामित्व र अपनत्वमा आधारित व्यवसायीक प्रणाली हो । त्यसैले हरेक व्यक्ति समाज र राष्ट्रका लागि सहकारिता विशेष प्राथमिकताको विषय बन्न पुगेको छ ।

    कर्मचारीहरूको क्षमता बृद्घिबिकासका लागि विभिन्न किसमका तालिम,व्यवसायीक सफलता र उत्प्रेरणा,पटक पटक रक्तदान कार्यक्रम ,असायहरुको राहतका लागि राहत प्याकेज सामुदायिक विकासका लागि संगम सहकारीले आफ्नो क्षमता अनुरूप हरेक क्रियाकलाप गर्दै आएको छ ।

    कोरोना महामारी र आर्थिक मन्दीका बेला सहकारीले सदस्यहरूलाई आपतकालिन कर्जा , तनाव व्यवस्थापन ,वित्तीय सचेतना , सहकारी शिक्षा , उत्प्रेरणा लगायत विविध कार्यक्रम मार्फत सदस्यहरूलाई राहत दिने कार्य गरेको छ । सानो पुँजीलाई सङ्कलन गरी बृहत् पँुजि निर्माण गर्ने संगम सहकारीको सपना साकार हुँदै गएको छ ।

     

     

    • संगम सहकारी
    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.