• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

आगो बालेर दुर्गम गाउँमा बिजुली बिस्तार

  •  संवाददाता
  • सोमबार, माघ १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विकास गर्न बजेट भएर मात्र होइन, कर्मचारीमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटेर दुर्गम गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ ।

    नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका कर्मचारीले ठेकेदारले एक वर्षमा गर्नुपर्ने काम डेढ वर्षसम्म पनि पूरा नगर्दा प्राधिकरणका कर्मचारी आफै स्थलगत रूपमै खटिएर बिजुलीका पोल गाडेर तार तानेपछि यहाँको दुर्गम शिवनाथ गाउँपालिकामा बिजुली बलेको छ ।

    भारतीय गाउँको बिजुली हरेर अँध्यारोमा बस्न बाध्य शिवनाथमा बिजुली बाल्न नेपाल सरकारले एक करोड ४७ लाख रुपियाँ बजेट विनियोजित गरेको थियो । गाउँपालिकामा पहिलो पटक बिजुली बलेपछि जनप्रतिनिधि र स्थानीयले प्राधिकरण कार्यालय प्रमुखसहितका कर्मचारीलाई फूलमाला लगाएर अबिर जात्रा गरेका छन् ।

    आइतबार शिवनाथ गाउँपालिकाको सुल्खेखानमा आयोजित विद्युत् उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष कर्ण साउदले बिजुली बाल्न प्राधिकरणका कर्मचारीले रातभरि आगो बालेर काम गरेको स्मरण गर्नुभयो ।

    अध्यक्ष साउदले भन्नुभयो, “शिवनाथमा बिजुली बाल्न प्राधिकरणले डेढ वर्षअघि नै ठेक्का सम्झौता गरेको थियो । एक वर्षमा काम सक्ने लक्ष थियो । तर, डेढ वर्षसम्म पनि काम सम्पन्न हुन सकेको थिएन ।”

    उहाँले थप्नुभयो, “शिवनाथवासी भारतीय बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य थिए । वितरण केन्द्रमा नयाँ हाकिम जनार्दन पौडेल आएपछि ठेकेदार पनि जागरूक बने । कर्मचारीलाई स्थलगत रूपमै खटाएपछि रातभरि आगो बालेर काम गर्दा शिवनाथमा बिजुली बल्यो । उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।

    आइतबार मेलौली नगरपालिकादेखि शिवनाथ गाउँपालिकासम्म ११ केभीए राष्ट्रिय प्रसारण लाइन बिस्तार भएपछि शिवनाथ गाउँपालिकामा थ्रिफेज लाइन पुगेको छ । गाउँपालिकामा बिजुली आउँदा आइतबारदेखि कार्यालयको कामकाज गर्न सहज भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो ।

    बिजुली पुगेपछि गाउँपालिमा कुटानी पिसानी गर्ने सःमिल लगायत फर्निचर र शिवनाथको जाँतो, खल र सिलौटाका लागि प्रसिद्ध ढुङ्गा काट्न सहज हुने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

    बिजुली नहुँदा डिजेलबाट चल्ने सःमिलमा एक किलो मकै पिसेको १५ रुपियाँ तिर्नु पर्ने बाध्यता रहेकामा अब घरमै सानो आँटा चक्की चल्ने आशा जागेको स्थानीय महामलसिंह साउदले बताउनुभयो ।

    विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख जनार्दश पौडेलले मेलौली नगरपालिका हुँदै शिवनाथ गाउँपालिकासम्मको ११ केभिए लाइनमा बिस्तार गर्न नेपाल सरकारले एक करोड ४७ लाख रुपियाँ खर्च गरेको बताउनुभयो । एक वर्षभित्र काम सम्पन्न गर्नेगरि २०७९ वैशाखमा सम्झौता भए पनि छ महिना ढिलो भएकाले ठेकेदारलाई पत्र काटेर वितरण केन्द्रका कर्मचारी स्थलगत रूपमा खटेको उहाँले बताउनुभयो ।

    • बिजुली बिस्तार
    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.