धनगढी,२२ माघ- कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाका बिद्यार्थीहरुले रिमोट कन्ट्रोलबाट उड्ने नमूना प्लेन निर्माण गरि उडाएका छन् । माघ १६ देखी २२ गते सम्म सञ्चालन भएको चैतन्य स्ट्रिम वर्कसप अन्तर्गत बिद्यार्थीहरुले प्लेन उडाएका हुन् ।
वर्कसपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर, रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेट लगायतका गतिविधि सञ्चालन गरिएको पाठशालाका सिइयो गणेश प्रसाद जोशीले जानकारी दिए ।
बिद्यार्थीहरुको क्षमता विकास सँगै वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले चैतन्य स्टिम वर्कसप आयोजना गरिएको जोशीको भनाई छ ।
शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्न वर्कसपले महत्त्वपूर्ण भूमिका खेलेको चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले बताए ।
,शिक्षाबिद एवं चैतन्य पाठशालाका प्रमुख सल्लाकार डा.हेमराज पन्तले विद्यार्थीहरुका लागि प्राबिधिक कक्षाहरु निरन्तर संचालन गरिने बताए ।
स्ट्रिम वर्कसपमा विभिन्न १२ ओटा विद्यालयका बिद्यार्थीहरु सहभागी थिए ।