धनगढी-नेकपा एमालेको नवौँ जिल्ला अधिवेशन अन्तर्गत जिल्ला सदस्य पदका लागी भूगोलतर्फबाट चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले उम्मेदवारी दिएका छन् ।
पार्टी सङ्गठनलाई मजबुत बनाउन उम्मेदवारी दिएको बताउँदै बोगटीले अत्यधिक मतका साथ निर्वाचित गराइदिन प्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।
सदस्य पदमा निर्वाचित भएमा पार्टी अभियानलाई सफल पार्न जिल्ला नेतृत्वलाई सघाउने उनको भनाइ छ । बोगटी हाल चुरे गाउँपालिका अध्यक्षको जिम्मेवारीमा छन् ।