• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

एचआइभी सङ्क्रमितको क्षेत्रमा प्रो – वोनो सेवा जरुरी छ: बार अध्यक्ष घिमिरे

  •  संवाददाता
  • शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं -नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले एचआइभी सङ्क्रमितहरूको क्षेत्रमा निशुल्क कानुनी सेवाको आवश्यकता रहेको औँल्याएका छन् । रिकभरिङ्ग नेपाल र युएनडिपीको आयोजनामा बिहीवार राजधानीमा आयोजित नेपालमा प्रो–वोनो सेवाका बारेमा कानुन व्यवसायीहरू सम्मिलित एक कार्यक्रममा बरिष्ठ अधिवक्ता समेत रहेका अध्यक्ष घिमिरेले प्रो–वोनो सेवा एचआइभी सङ्क्रमितहरूको क्षेत्रमा अति आवश्यक भएको बताए ।

    सातै प्रदेशका कानुन व्यवसायीहरूको सहभागितामा भएको एक दिने कार्यक्रममा कसरी एचआइभी सङ्क्रमितहरूको क्षेत्रमा निशुल्क कानुनी परामर्श दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष घिमिरेले कानुन व्यवसायीहरूलाई सेवाको दौरानमा प्रो–वोनो सेवालाई सँगै लैजान आग्रह गरे । प्रो–वोनो सेवा विशेष गरि पैसा नभएर कानुन व्यवसायी राख्न नसक्नेहरूका लागि प्रयोग गरिदै आएको छ ।

    अध्यक्ष घिमिरे भन्छन्, “विश्वका धेरै देशहरूमा यो सेवा सुरु भएको छ । नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन आवश्यक भएको छ ।” कानुन व्यवसाय नेपाल बारको संस्कृति जस्तो भएको छ । कानुन व्यवसायी सामाजिक इन्जिनियर भएपनि यसलाई निशुल्कका रुपमा अङ्गाल्न थालिएको छैन ।

    नेपालमा पनि विस्तारै प्रो–वोनो सेवा गर्नेहरू सङ्गठित हुन थालेका छन् । देशभर २१ हजार बढी कानुन व्यवसायी छन्, तर, ६५ जना कानुन व्यवसायीले सरकारी अदालतमा पैसा नभएर वकिल राख्न नसकेकाहरूको पक्षमा वकालत गर्ने भन्दै सूचिकृत भएका छन् । अध्यक्ष घिमिरे अशक्त, असहयहरुका पक्षमा पनि लाग्न देशभरका कानुन व्यवसायीहरूलाई आग्रह गर्छन् ।

    सरकारी अदालतमा एक जना वैतनिक वकिल राख्न थालिएको छ । यसरी राखिएका व्यक्तिले (प्रो–वोनो) पैसा नभएकालाई निशुल्क कानुनी सेवा दिन्छन् । अध्यक्ष घिमिरेले धेरै गर्न नसके पनि सय मुद्दामा २ वटा निशुल्क हेर्न आग्रह गर्छन् । देशभर प्रो–वोनो सेवा दिने भनेर १ हजार कानुन व्यवसायी दर्ता भएका छन् ।

    एचआइभी संक्रमित समाज र परिवारबाट समेत अपहेलित हुनु परेका कारण कतिपयलाई कानुनी सेवाका लागि आर्थिक जोहो गर्न ज्यादै कठिन पर्ने गरेको छ । त्यसैले उहाँहरूका लागि प्रो–वोनो सेवा दिने बानीको विकास गरौँ ।

    सेवा दिनेहरूको तथ्यांक राखेर बार एसोसिएसनमा पठाउन पनि घिमिरेले भनेका छन् । तर, प्रो–वोनो सेवा भनेर गुणस्तरमा कमी ल्याउन पाइदैन अध्यक्ष घिमिरेले थपे । जो असहाय छ उसका लागि स्वेच्छिक निःशुल्क कानुनी सेवा सम्बन्धी निर्देशिका २०७५ समेत जारी छ । उनले कुनै व्यक्ति पैसा नभएर कानुनी सेवा लिनबाट बञ्चित भएको पाएमा नेपाल बारलाई खबर गर्न पनि उनले भनेका छन् । कार्यक्रममा सहभागी कानुन व्यवसायीहरूले यसलाई स्थानीय तह सम्म लैजान जरुरी भएको बताएका छन् ।

    शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.