• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

यस्ता छन सलाद खानुका फाइदाहरू

  •  संवाददाता
  • बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हामी नेपालीहरू खाना सँगै थोरै सलाद पनि छेउमा राखेर खान थालेका छौ । खानामा दुई–तिन पिस काँक्रो,गाजर,मुला राखेर सेवन गर्छौ । तर यसरी मात्र नभएर पर्याप्त मात्रामा सलाद खान आवश्यक छ ।

    पहिला होटेलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले पनि स्वस्थ रहन सलाद दैनिक रूपमा खाने सल्लाह दिन्छन् । प्राय नेपाली भान्सामा सलादमा प्रयोग हुने भनेको कागती, गाजर, चुकन्दर, मुला, काँक्रो, प्याज, गोलभेँडा, फलफूल हुन्छ ।

    सलाद खाना खानुअघि, खाना खाँदा र खाएपछि पनि खान सकिन्छ । खाना खाएपछि केही समयपछि र बेलुका गरेर दिनको दुई पटक खाने बानी भएमा शरीरलाई पर्याप्त पोषण मिल्छ । सलाद खाने सबैभन्दा राम्रो समय यो खाना खानुअघि हो । यसो गर्नाले तौल घटाउन मद्दत पुग्छ । किनकि अगाडि सलाद खाँदा धेरै खाना खाने समस्या पनि हुँदैन र पाचन प्रणालीले पनि राम्रोसँग काम गर्छ ।

    प्याज

    प्याजबिना सलाद अधुरो मानिन्छ । काँचो प्याज औषधीय गुणले भरिपूर्ण हुन्छ, यसमा भिटामिन सी उच्च हुन्छ, जसले प्रतिरक्षा स्वास्थ्य, तन्तुलाई बनाउने स्वस्थ राख्ने र आइरनलाई ग्रहण गर्न मद्दत गर्छ । प्याजमा पाइने भिटामिन सी ले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । त्यस्तै यसमा प्रोबायोटिक पनि हुने कारणले पेटमा कीरा परेमा र प्रतिरक्षा शक्ति बढाउन यसको मुख्य भूमिका हुन्छ, शरीरमा त्यसैले यसलाई सलादको रूपमा सेवन गर्नुपर्छ ।

    काँक्रो

    गर्मीमा सबैभन्दा रुचाइने र डिहाइड्रेसनलाई कम गर्ने मौसमी तरकारी काँक्रो हो । काँक्रोको रसिलो स्वाद मन नपराउने सायद होलान् । यसमा प्रशस्त मात्रामा पानी हुन्छ, जसले शरीरमा पानीको कमीलाई परिपूर्ति गर्छ । प्रशस्त मात्रामा पौष्टिक तत्त्व हुनुका साथै यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले धेरै रोगबाट बचाउन मद्दत गर्छ । कम क्यालोरी, अत्यधिक पानीको मात्रा र घुलनशील फाइबर धेरै हुन्छ, जसले यसलाई वजन घटाउने प्रभावकारी माध्यम बनाउँछ ।

    गाजर

    गाजर हेर्दा पनि आकर्षक देखिने र छुटाउन नहुने सलादको एक खानेकुरा हो । गाजरमा उच्च भिटामिन ए, सी, के, पोटासियम, आइरन, तामा, खनिज पाइन्छ । पौष्टिक गुणले भरिपूर्ण गाजरको पाइने भिटामिन ए ले आँखालाई स्वस्थ राख्छ, त्यसैले सलादमा गाजर समावेश गर्नु उपयुक्त हुन्छ ।

    मुला

    मुला माटोमुनि फल्ने फल हो । त्यसैले यसमा खनिज तत्त्व पनि प्रशस्त मात्रा पाइन्छ । यसले पेट र आन्द्राको विकार, पित्त नलीको समस्या, भोक नलाग्ने, मुख र घाँटीको समस्या, सङ्क्रमण, ज्वरो, चिसो र खोकीको समस्यामा फाइदा गर्छ । मूलाले पाचन रस र पित्तको रसको प्रवाहलाई उत्तेजित गर्छ । जसले भोक जोगाउँछ ।

    गेडागुडी

    सलादमा टुसा उम्रिएको वा एक रात भिजाएको गेडागुडी खान सकिन्छ । सलादमा चना, केराउ, मुगी, दाल, जस्ता अन्न समावेश गर्न सकिन्छ । यी खानेकुरामा भिटामिन ए, बी, सी र ई, प्रोटिन, फाइबर र फोलिक एसिड पाइन्छ ।

    फलफूल

    सकेसम्म काँचो र विभिन्न रङका तरकारी, फलफूल सलादमा समावेश गर्नुपर्छ । धेरैको सलादमा अत्यधिक चीज मिसाउने बानी हुन्छ । यसले पचाउनमा समस्या ल्याउनुका साथै क्यालोरी पनि बढी खाइन्छ, जसले वजन बढ्न सक्छ ।

    फलफूलमा सबै प्रकारका भिटामिन र पोषक तत्त्व पाइन्छ, त्यसैले यसको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । सलादका लागि अङ्गुर, अनार, सुन्तला, मेवा, खर्बुजा, एभोकाडो, ड्रागन समावेश गर्न सकिन्छ । यस्तै पालुङ्गो, चाइनिज साग, बन्दा, स्ट्रबेरी, लिची, खर्बुजा, ड्रागन फ्रुट्स, स्याउ, केरा लगायत फलफूललाई पनि सलादको रूपमा खान सकिन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • स्वास्थ्यमा हुने फाइदाहरू
    बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.