राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करार सेवाको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ग्रिन इनर्जी फाइनान्स एक्सपर्ट पदका लागि १ जना कर्मचारी माग गरेको हो ।
बैंकले जीआइजेटसँगको सहकार्यमा सञ्चालित ‘रिनियुबेल इनर्जी एण्ड इनर्जी इफिसियन्सी प्रोग्राम कार्यान्वयनका लागि करार सेवा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको जनाएको छ । यो पदका लागि आवेदकको न्यूनतम शैक्षिक योग्यता उर्जा सम्बन्धी विषयमा इन्जिनियरिङ, व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । यसका साथै ३ वर्षको कार्यानुभव र कम्तिमा उर्जा क्षेत्रमा २ वर्ष काम गरेको हुनुपर्नेछ । स्नातक मात्रै गरेका आवेदकको हकमा भने ७ वर्षको कार्यानुभव र कम्तिमा उर्जा क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने बैंकले जनाएको छ । अन्तर्वार्तामार्फत योग्य आवेदक छनौट गरिनेछ । यो पदका लागि साउन २ गतेदेखि आवेदन दिन सकिनेछ र सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइ सक्नुपर्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी कति चाहिन्छ योग्यता ?
राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी कति चाहिन्छ योग्यता ?
![](https://www.dainikjiban.com/wp-content/uploads/2024/07/Screenshot_20240718_1239552.jpg)
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु