काठमाडौं- गत २४ घण्टामा करिब सात हजार जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका छ हजार ८९१ जना कोरोनामुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको छ।