बाजुरा -नेपाल कम्युनिष्ट पार्टि माओबादि केन्द्रका युवा नेता महेश शाहिले दोस्रो चरणको कोरोनाभाइरस माहामारि दिनप्रतिदिन भयाबह बन्दै गएकाले एसलाइ परास्त गर्न सबै तहका सरकार र सरोकारवाला सबैले आफु जुन ठाउमा छ । सोहि ठाउबाट आबस्यक परेका नागरिकलाइ सहयोग गर्दै यसलाइ परास्त गर्न सबै एकजुट हुन आबस्यक रहेको बताएका छन । उनले नागरिकको बाच्न पाउने अधिकार सुनुस्चित गर्न सबैभन्दा पहिला सरकारले सहज रुपमा परिक्षण तथा संक्रमण पुष्टि भएका बिरामिहरुलाइ अक्सिजन , बेड को सहज रुपमा पाउनेगरि सबै संयन्त्र तयार पार्नुपर्नेमा जोड दिएका छन ।
उनि यतिबेला कोरोनाभाइरस माहामारिका कारण समस्यामा परेका जनताको समस्या समाधानका लागि सक्दो पहलकदमि गर्दै आफुले सक्ने सहयोग गर्नमा अग्रसर देखिएका छन । राजनिति गर्ने भनेकै जनतालाइ सेवा गर्न र जनताको समस्याहरुलाइ समाधान गर्न हुने भन्दै यतिबेला सबै नागरिकलाइ सुरक्षीत बस्न आह्रवान गर्दै माक्सहरु बितरण गर्दै जनताको कोरोना परिक्षण गर्नका लागि सम्बन्धित निकाय संग समन्वय गरि परिक्षण्मा समेत सघाइरहेका छन ।
बाजुराको जगन्नाथ गाउपालिका ३ का वडाभरि १००० जनालाई माक्स बितरण गर्ने ,२० स्थानमा सचेतना पर्चा टाँस्ने, र बिरामीहरुलाई सहजिकरणका लागि सहयोगी भूमिका खेल्ने अभियानमा लागिरहेको बताएका छन । यसरि नेता हरु चुनाबमा मात्रै जनताको घर दैलोमा पुग्ने र सत्तामा पुगेपछि जनतालाइ बिर्षने राजनितिज्ञ हरुलाइ यसरि नेता शाहिको जनतामाझको उपस्थितिले पनि सकरात्मक सन्देश दिएको छ । बिपदको समयमा सबै लागेर आ आफ्नो ठाउबाट जु६नुपर्ने नेता शाहिको धारण छ ।