• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, असोज ०६, २०८० | Saturday 23rd September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • १६ घण्टा अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • २ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • २ दिन अगाडि

संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा
  • ३ दिन अगाडि

सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !
  • ३ दिन अगाडि

बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा
  • ४ दिन अगाडि

काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री
  • ४ दिन अगाडि

अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने
  • ४ दिन अगाडि

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ
  • ४ दिन अगाडि

संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक

"सबै ठिक भएर फर्किऊन्, लास जलाउनु नपरे हुन्थ्यो "
  •  संवाददाता
  • शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-कैलालीको तेघरीमा रहेको भवानी दल गणबाट महिला सैनिकको एक टोली कैलालीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनको काममा खटिएको छ।

    उपसेनानी शशी केसी उक्त सैनिक टोलीको कमान्डर हुन्।६ जनाको टोली महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने गरी हरबखत तयारी अवस्थामा रहने केसीले बताइन्।

    सेनाको तेघरी ब्यारेकबाट कोरोना संक्रमितको शव व्यवस्थापनमा ६ टोली खटिएका छन्। जसमध्येको एक शशीको कमान्डिङमा रहेको महिलाको टोली हो।

    ‘महिला कर्मचारीको टोली गणबाट शव व्यवस्थापनमा खटिएको पहिलो पटक हो। महिला तथा बालबालिकाको मृत्यु भएमा शव व्यवस्थापन गर्ने भनेर हामी खटिएका छौं,’ उपसेनानी केसीले भनिन्।

    शव व्यवस्थापनका लागि पहिल्यैदेखि नै उनीहरूलाई तालिम दिइएको थियो।

    ‘कोरोनाको लहर आएदेखि नै माथिबाट यस्तो अवस्थाका लागि तयार रहन आदेश थियो, हामीले तालिम लिइसकेका थियौं,’ उनले भनिन्।

    तालिममा शव उठाउन जानुअघि, शव उठाउने बेला, दहसंस्कार गर्दा र त्यसपछि गर्नु पर्ने कामबारे सिकाइन्छ। त्यसबारे थुप्रै अभ्यास पनि गराइएको उनले बताइन्।

    माथिबाट आदेश आएपछि उनीहरू पनि संक्रमितको शव व्यवस्थापनका लागि तयारी भएका हुन्।

    बुधबार बिहान उनीहरू गणमै थिए। जिल्ला प्रशासनबाट खबर आयो। गणबाट टोलीलाई शव व्यवस्थापनका लागि जाने आदेश आयो।

    उनीहरूले तालिममा भनेका नियम पालन गर्ने गरी शव व्यवस्थापनका लागि तयार भए।

    ‘पिपिई, पन्जा, मास्क, बुट, फेससिल्ड लगायौं, तालिममा यसबारे सिकेका छौं,’ केसीले भनिन्।

    सेनाको गाडीमा उनीहरू धनगढीको सेती प्रादेशीक अस्पताल पुगे। त्यहाँ शववाहन पुगिसकेको थियो।

    ‘अस्पताल पुग्दा मृतकका आफन्त पनि थिए, उनीहरू हामीलाई पर्खिरहेका देखिन्थे, दुस्खी थिए,’ केसीले भनिन्।

    अस्पतालमा मृतकको शव प्लाष्टिकले बेरेर राखिएको थियो। उनीहरूको टोलीमा रहेका हरेकलाई फरक कामको जिम्मेवारी दिइएको हुन्छ।

    ‘सुरूमा एकजना गएर सोडियम हाइड्रोक्लोराइड छर्कने काम भयो, त्यसपछि हामीले शव उठाएर शव वाहनमा राख्यौं,’ उनले भनिन्।

    सेती अस्पतालमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापनका लागि गोदावरीको आर्यघाट तोकिएको छ।

    उनीहरू शव लिएर त्यहाँ पुग्दा मृतकका आफन्त दाहसंस्कारको तयारी गरिरहेका थिए।

    ‘हामी पुग्दा आफन्तले चिता बनाइसकेका थिए,’ उनले भनिन्।

     

    उनको टोलीले शव चितामा राख्ने काम गर्‍यो। शव व्यास्थापन कार्यविधि अनुसार मृतकका आफन्तले लिखित मन्जुरीनामा गरेअनुसार उनीहरूले यो काम गरेका थिए।

    ‘परिवारको धार्मिक आस्थाअनुसार नै हामीले काम गरिदिने हो,’ उपसेनानी केसीले भनिन्।

    मृतकका आफन्तले नै दागबत्ती दिए। त्यसअघि उनीहरूको धार्मिक परम्पराअनुसार सिन्दुर, पोते, फूल चढाएर श्रद्धाञ्जली अर्पण सेनाको टोलीले गरिदियो। उनीहरूले शवलाई अन्तिम सलामी पनि दिए।

    त्यहाँको काम सकेपछि सैनिकहरूले लगाएका पिपिईसहितका सामग्री तालिममा सिकेअनुसार फुकालेर त्यहीँ जलाए।

    सेनिटाइजर प्रयोग गरे। चालकले गाडी पनि सफा गरे। उनीहरू गण फर्किए।

    कार्यालयमा शव व्यवस्थापनमा खटिने टोलीलाई क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको छ। उनीहरू गणभित्रकै छुट्टै भवनमा क्वारिन्टनमा बस्छन्। त्यहाँ पानी, शौचालयलगायतको अलग व्यवस्था गरिएको छ।

    ‘गणभित्रै बनेको खाना हामीलाई प्याक गरेर दिइन्छ,’ केसीले भनिन्।

    केसीलाई लाग्छ( महिलाले अन्तिम संस्कार गर्न नहुने भन्ने पुरानो मान्यता गलत हो।

     

    ‘महिला घाटमै जान हुँदैन भन्ने थियो। तर सकिन्छ, महिला पनि सन्तान नै हो। उसले पनि छोराले जस्तै दाहसंस्कार गर्न सक्छ भन्ने हो,’ उनले भनिन्।

    महामारीको बेलामा आफू पनि सतर्कता अपनाएर जिम्मेवारी पूरा गर्नु पर्ने उनका परिवारले भन्छन्।

    शव व्यवस्थापनमा खटिएको महिला सैनिकको टोलीकी एक सदस्यले संक्रमित सबैजना ठिक भएर फर्किउन्, लास जलाउनु नपरे हुन्थ्योजस्तो लागेको बताइन्।

    ‘हामीले मृतकलाई सलामी दिन सक्यौं, यसरी लास जलाउन नपरे हुन्थ्यो, बिरामीहरू ठिक भएर जाऊन् जस्तो लाग्यो,’ उनले भनिन्।

    यसभन्दा पहिले शव जलेको टाढाबाट मात्र देखेकी उनी शव व्यवस्थापनमै खटिएका बेला केही फरक महसुस भएको बताइन्।

    कोरोनाभाइरसको संक्रमणको दोस्रो लहर बढिरहेका बेला कैलालीमा मृत्यु हुनेको संख्या पनि बढेको छ।

    अहिले कैलालीमा संक्रमितको शव व्यवस्थापनमा दाउराको कमीले समस्या भएको छ।

    शव व्यवस्थापन गर्ने जिम्मा पाएको सेनाले आफन्तलाई धेरै बेर कुर्नु नपरोस् भनेर टोली थपेको जनाएको छ।

    • संक्रमितको शव
    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
    युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
    कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ३.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ४.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • ५.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ६.
      बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा

    • ७.
      काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री

    • ८.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    • ९.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    • १०.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • १.
      धनगढीको जोगबुढा होटेलमा छापा : यौन धन्दामा संलग्न दुई जोडी रङ्गेहात पक्राउ, दुई साहुनी पनि प्रहरीको फन्दामा !

    • २.
      मत्स्य पालनका लागी पोखरी निर्माण

    • ३.
      हरितालिका तिज : रिलायबल धनगढी शाखाको तिज विशेष दर  

    • ४.
      सेती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर कमर नियुक्त

    • ५.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • ६.
      हरितालिका तीज : आज दर खाने दिन

    • ७.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ८.
      दाहसंस्कार गर्न ५ हजार दिने धनगढी उप-महानगरपालिकाको निर्णय

    • ९.
      एलपिएलको बढ्दो आकर्षण : यसपटक राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने  

    • १०.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.