• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

अझै पूरा भएन सेतीको सपना,४० वर्षदेखिको नागरिक बिजुलीको पर्खाइमा

"जनता भन्छन्, ‘भोट बैंकका रूपमा प्रयोग भयो’ "
  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्कुल पढ्दै गर्दा पश्चिम सेतीको चर्चा सुनेका डडेल्धुराका जोगे धामी अहिले नातिका हजुरबुबा भइसके । तर परियोजना बन्ने चर्चा अझै सेलाएको छैन, न त काम नै अघि बढ्न सकेको छ ।

    आफ्नो बालापन सम्झिँदै उनी भन्छन्, ‘२०३७ सालमा पश्चिम सेती चर्चामा आएको हो, हामी त्यति बेला डडेल्धुरा स्कुलमा पढ्थ्यौँ । अहिले २०७६ साल लागिसकेको छ तर आशा मरेको छैन । काम पनि केही भएको छैन ।’

    उनले आक्रोश पोख्दै भने, ‘यो बीचमा २ जना प्रधानमन्त्री पश्चिमकै भइसकेका छन् तर कसैले पनि यो परियोजनालाई पूर्णता दिन सकेनन् ।’ अब यो परियोजना बन्ला भन्ने आशाको दीप पनि निभ्न लागेको उनले बताए ।

    सम्भाव्यता अध्ययनमै बित्यो ३९ वर्ष, उपलब्धि शून्य

    सन् १९८१ सालमा पहिलो पटक पश्चिम सेती आयोजना चर्चामा आयो । त्यति बेला फ्रान्सको एक सोग्रेह नामक कम्पनीले बैतडीको ढुङ्गाड भन्ने स्थानदेखि ८ किलोमिटर माथि बाँधरहित आयोजना निर्माण गरी ३७ मेगावाट विद्युत् उत्पादन हुन सक्ने सम्भावना देखेपछि परियोजनाबारे चर्चा परिचर्चा सुरु भयो ।

    त्यसपछि सोग्रेहले सम्भाव्यता अध्ययनलाई निरन्तरता दियो । सन् १९८७ बाट पुनः सम्भाव्यता अध्ययन थालेको सोग्रेहले सन् १९९१ मा अध्ययन प्रतिवेदन सार्वजनिक गर्‍यो ।

    अध्ययन प्रतिवेदनले बैतडीको ढुङ्गाडमा बाँध निर्माण गरी ३६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखायो । तर आयोजना निर्माणका लागि नेपाल सरकारले फ्रान्सको सोग्रेह नामक कम्पनीलाई अनुमति दिएन । त्यसपछि केही समय सेलाएको आयोजनालार्ई सन १९९४ मा अस्ट्रेलियाको स्मेक नामक कम्पनीले थप अध्ययनमा ल्यायो ।

    स्मेकको अध्ययनमा पनि १९५ मिटर उचाइको कङ्क्रिट बाँध निर्माण गरी २५.१ किलोमिटर लामो जलाशय बनाउने, नदीको मार्ग परिवर्तन गरी ६.७ किलोमिटर लामो हेडरेस सुरुङमार्फत पानी निकासा गर्ने गरी ७५० मेगावाट विद्युत् उत्पादन हुने देखाइयो । त्यसपछि उत्साहका साथ अध्ययनमा जुटेको उक्त कम्पनीले पनि सन् २०१२ सालसम्म लगातार अध्ययन मात्रै गर्‍यो ।

    अस्ट्रेलियाको कम्पनीले काम गर्न नसकेपछि ३ अक्टोबर २००३ मा भारतको पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डियासंँग सम्झौता भयो । तर, सो कम्पनीले पनि काम गर्न नसकेपछि अन्ततः सरकारले २०६८ सालमा उक्त कम्पनीसँगको समझदारी खारेज गर्‍यो ।

    त्यसपछि चिनियाँ कम्पनी थ्री गर्जेजसँग कुल लगानीको ७५ प्रतिशत थ्री-गर्जेजको र बाँकी २५ प्रतिशत नेपाल सरकारको हुने गरी २०६८ फागुनमा उक्त आयोजना निर्माणका लागि सरकारले सम्झौता गर्‍यो ।

    त्यसपछि थप अध्ययनमा जुटेको थ्री–गर्जेजले २०७४ मा ५५० मेगावाट उत्पादन गर्न उपयुक्त हुने तर, बढीमा ६०० मेगावाटसम्म उत्पादन गर्न सकिने भन्ने निष्कर्ष निकाल्यो ।

    तर सरकारले आयोजनाको उत्पादन क्षमता घटाउन नमानेपछि आयोजनाको काम प्रभावित बन्यो । त्यसको केही समयपछि ६२० मेगावाट विद्युत् उत्पादन हुने गरी परियोजना निर्माण गर्न नेपाल सरकारले गरेको आग्रह पनि थ्री–गर्जेजले अस्वीकार गर्‍यो । विदेशी कम्पनीले हात झिकेपछि नेपाल सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने घोषणा गरेको छ । परियोजना निर्माणका लागि बजेट विनियोजन भए पनि काम कहिलेबाट सुरु हुने भन्ने टुङ्गो छैन ।

    जनतामा निराशा

    पश्चिम सेती बन्ने चर्चा भएको ४० वर्ष बित्दा पनि आयोजना निर्माणको कामसम्म सुरु हुन सकेको छैन । ५ वर्षमै निर्माण कार्य पूरा गर्ने, उत्पादित विद्युत् भारतलाई बिक्री गर्ने र ३० वर्षसम्म आफैँ अपरेट गर्ने अनि नेपाल सरकारलाई हस्तान्तरण गर्नेलगायतका विदेशी कम्पनीहरूसँग विभिन्न सम्झौता भए पनि त्यसको ३९ वर्ष बित्दा पनि काम सुरु भएको छैन । पश्चिम सेती आयोजना बन्ने चर्चासँगै आशाको दियो बालेका नागरिकहरू अहिले निराश बन्न थालेका छन् ।

    आश्वासनमै सीमित परियोजना

    सरकारले २८ वर्षअघि औपचारिक रूपमा सम्बोधन गरेको राष्ट्रिय गौरवको पश्चिम सेतीको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन । हरेक निर्वाचनमा मुख्य नाराका रूपमा उठान हुने पश्चिम सेती आयोजना आसैआसमा बितेको छ ।

    एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र चीनको थ्री गर्जेज इन्टरनेसनल कम्पनीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना संयुक्त लगानीमा बनाउने सम्झौता गरेपछि यस क्षेत्रका जनतामा आशा जागेको थियो ।

    तर लगानी बोर्डले स्वीकृति दिएको सम्झौतामा हस्ताक्षर भएपछि यस क्षेत्रमा काम हुने आशा पलाए पनि काम अगाडि नबढ्दा पुनः अन्योल बनेको छ ।

    करिब १ खर्ब ६० अर्ब रुपैयाँ लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने भएकाले पनि यसलाई विभिन्न राजनीतिक दलले वर्षौंदेखि प्रतिष्ठाको विषय बनाएका छन् । पञ्चायतकालदेखि नै चर्चामा रहेको देशकै ठूलो परियोजनाले मूर्त रूप पाए यस क्षेत्रको मात्र नभई देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ ।

    विकासमा अवरोध

    पश्चिम सेती बन्ने आसपासका क्षेत्र डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा ४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीको आदर्श गाउँपालिका र बझाङका केही गाउँमा अहिलेसम्म विकास हुन सकिरहेको छैन । ३ दशकअघिदेखि चर्चामा रहेको पश्चिम सेती बन्ने आशाको दीप अझै निभेको छैन । आयोजना निर्माणका लागि दशकौँपहिले केही कम्पनीहरूले स्थलगत प्रतिवेदनसमेत तयार पारेका थिए ।

    तर ७५० मेगावाटको पश्चिम सेती परियोजना अहिलेसम्म बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दर्जनौँ गाउँमा विकास निर्माणका काम हुन सकेका छैनन् । गाउँमा विकास नहुँदा निकै सकस हुन थालेको स्थानीयवासीको गुनासो छ । स्थानीय कर्णबहादुर साउद भन्छन्, ‘पश्चिम सेती आयोजना बन्ने चर्चाले गाउँमा अन्य विकास हुन सकिरहेको छैन । कि अब परियोजना चाँडो आउनुपर्‍यो, होइन भने अन्य विकास पनि आवश्यक छ ।’

    उनी भन्छन्, ‘पश्चिम सेती बन्छ–बन्छ भनेको दशकौँ बितिसक्यो तर बन्ने छाँटकाँट अहिलेसम्म देखिएको छैन, गाउँको विकास मात्रै प्रभावित भएको छ ।’

    पश्चिम सेती बने निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका विकासमा अवरोध हुने तथा गाउँपालिकाको लगानीसमेत खेर जाने भन्दै गाउँमा विकास निर्माणको काम गर्न नसकिएको जनप्रतिनिधिहरू बताउँछन् ।

    परियोजना बन्ने हल्लाले बाटो, खाने पानी, सिँचाइ, शिक्षाजस्ता आधारभूत आवश्यकताबाट समेत स्थानीयवासी वञ्चित हुनुपरेको डडेल्धुराको नवदुर्गा गाँउपालिकाका अध्यक्ष कवेन्द्रबहादुर विष्टले बताए ।

    उनले भने, ‘पश्चिम सेती परियोजना अति आवश्यक छ । यसले तीव्रता पाउनुपर्छ । परियोजना सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग छलफल भइरहेको छ ।’

    जनता भन्छन्, ‘भोट बैंकका रूपमा प्रयोग भयो’

    परियोजना निर्माण गर्न तीन दशकअघि सम्भाव्यता अध्ययन भएर विश्राम पाएको समयमा सरकारले फेरि अर्कै चाइना कम्पनीसँग गरेको सम्झौताले स्थानीयवासीलाई उत्साहित बनाए पनि वर्ष दिन नपुग्दै त्यो आशा पनि सेलाएको छ ।

    करिब १ खर्ब ६० अर्ब लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने भएकाले पनि यसलाई विभिन्न राजनीतिक दलले वर्षौँदेखि प्रतिष्ठाको विषय बनाएका छन् । यहाँका स्थानीय गाउँलेले पनि पश्चिम सेतीलाई राजनीतिक दलका नेताहरूले भोट बैंकका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

    प्रत्येक चुनावमा पश्चिम सेती मुख्य प्रतिवद्धताका साथ उठ्ने गरेको छ । प्रत्येक नेता प्रत्येक राजनीतिक दलहरूले चुनावका बेला पश्चिम सेती बनाउने प्रतिवद्धता जनाउँदै भोट माग्ने गरेको डडेल्धुराका स्थानीय सुवास कोइरालाले बताए । ‘यो परियोजनाबारे आश्वासन देखाउने काम मात्रै भएको छ, कसैले काम गर्न सकेका छैनन् । अब परियोजनाको अध्ययनमै सीमितभन्दा पनि कामले गति लिनुपर्दछ,’ उनले भने ।

    स्वदेशी लगानीमा बन्नेमा आशावादी छैनन् नागरिक

    सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरिसकेको छ । थ्री गर्जेजले लामो समयदेखि ओगटेको यो आयोजना सरकारले थ्री गर्जेजसँगको सम्झौता तोड्दै आफैँ बनाउने निर्णय गरेको हो । चिनियाँ कम्पनी थ्री गर्जेजले लिइरहेको सो आयोजनाले गति नलिएको भन्दै सरकारले आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको हो ।

    तर पश्चिम सेतीको प्रभावित क्षेत्रका बासिन्दाले यति ठूलो लगानी सरकारले जुटाउन नसक्ने बताएका छन् । ३ दशकदेखि विदेशी कम्पनीहरूको लगानीमा बन्ने भन्दै चर्चामा रहेको पश्चिम सेती अब सरकारले आफैँ बनाउने भन्दै गरेको घोषणा स्थानीय बासिन्दाले पत्याएका छैनन् ।

    लामो समयदेखि पश्चिम सेती बन्ने भनेर जनतालाई गुमराहमा राख्ने काम मात्रै भएकाले अब स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको कुरामा विश्वास गर्ने कुनै आधार नरहेको बैतडीको तल्लो सिगास गाँउपालिकाका स्थानीय प्रकाश विष्टले बताए । उनले भने, ‘आयोजना निर्माण गर्न १ खर्ब ८० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यति धेरै बजेट नेपाल सरकारले कहाँबाट जुटाउँछ ?’

    • सेतीको सपना
    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.