कैलालीको गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ । कोरोनाका संक्रमितको उपचारको लागि मेडिकल कलेजको भवनमा कोभिड केयर सेन्टर सञ्चालनमा आएको हो । अहिले ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको र संक्रमितलाई राख्न सुरु भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
गम्भीर प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिनेछ । सुरुवाती अवस्थामा ५ सय शय्याबाट आइसोलेसन सञ्चालन गरिने बताइएको थियो ।