• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, साउन ३०, २०७९ | Monday 15th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • २ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • २ दिन अगाडि

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • ३ दिन अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • ३ दिन अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ५ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ६ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ६ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ६ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ६ दिन अगाडि

Advertisement

एसईई भौतिक रूपमा गर्ने सम्भावना कम छ : मन्त्री श्रेष्ठ

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     

    काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्यून रहेको बताउनुभएको छ । यसका लागि विभिन्न विकल्पको बारेमा छलफल भइरहेको जानकारी गराउनुभयो ।

    राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा परीक्षाको मोडालिटीको बारेमा निर्णय हुने जानकारी दिनुभयो । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो जानकारी दिनुभएको हो । सङ्गठनका अध्यक्ष ऐन महरसहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

    मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै भन्नुभयो, ‘सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्नेछौँ ।’

    उहाँले सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने आकलन गर्दै नयाँ–नयाँ योजना आउन सक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूले शिक्षामा २० प्रतिशत बजेट आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सरकारले यो विषयमा विचार गरिरहेको छ ।’

    मन्त्री श्रेष्ठले अबको शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्ने बताउनुभयो । अब परम्परागत शिक्षा अहिलको आवश्यकता होइन, प्रयोगात्मक र प्रविधियुक्त शिक्षा आजको आवश्यकता हो, मन्त्री श्रेष्ठको भनाइ थियो ।

    ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयको रोकिएको परीक्षा, अनलाइनमा कक्षा लिएबापतको शुल्क घटाउनुपर्ने, सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा बोल्दै शिक्षा सचिव रामप्रसाद थपलियाले एसईई र कक्षा १२ को विषयमा मन्त्रालयले चाँडै निर्णय गर्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘दुईरतिन दिनभित्रमा परीक्षाको मोडालिटीको बारेमा निर्णय गर्नेछौँ ।’

    उहाँले अब बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको बारेमा निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा बजेट विनियोजन गरेर विद्यालय शिक्षामा ठूलो उपलब्धि गरेको बताउनुभयो । मन्त्री श्रेष्ठले कोभिडको समयमा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

    उहाँले अनलाइन कक्षाको कारण विद्यार्थीलाई पढ्ने र अनलाइन माध्यमबाटै परीक्षा दिने व्यवस्था भएको बताउनुभयो ।

    कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष ऐन महरले मन्त्रालयले एसईई, कक्षा १२ र गएको तीन वर्षदेखि स्थगित विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट भए पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये झन्डै ८० प्रतिशत इन्टरनेट पहुँचबाहिर रहेको उल्लेख गर्दै त्यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अनलाइन कक्षाको नाममा निजी विद्यालयले मनपरी शुल्क लिन बन्द गर्नुपर्छ, मन्त्रालयको तर्फबाट विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सुविधा दिनुपर्छ, एसईई परीक्षाको विषयमा यही हप्ताभित्र निर्णय गर्नुपर्छ ।’

    कार्यक्रममा विद्यार्थी नेता महेश बर्तौलाले शिक्षा मन्त्रालय स्कुल मन्त्रालय जस्तै भएको आरोप लगाउँदै मन्त्रालयले विश्वविद्यालयहरूको अवस्थाका बारेमा समेत जानकारी लिनुपर्ने बताउनुभयो ।

    सङ्गठनले शिक्षा क्षेत्रलाई कसरी सुरु गर्ने, विद्यार्थीलाई शैक्षिक क्रियाकलापसँग कसरी अद्यावधिक गराइराख्ने भन्ने विषयमा ध्यान दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

    ज्ञापनपत्रमा कक्षा आठ र पालिकाको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने, सम्पूर्ण विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता गरिनुपर्ने लगायत १३ बुँदे माग राखिएको छ ।

    • एसईई
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
    मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू
    जीर्ण बन्दै कर्णाली पुल !
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • २.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • ३.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ४.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ५.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ८.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ९.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • १०.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • १.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ८.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      कैलालीमा एक पुरुष मृत फेला

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.