धनगढी- धनगढीको उत्तरबेहिणी स्थित आफ्नो घर, टेम्प्ल रिसर्टमा माघी मेला कार्यक्रम आयोजना हुने भएको छ। माघ १ गते साँझ ५ बजे, माघीको अवसरमा विशेष रूपमा कलाकार अमृत थापा र प्याटतिमको लाइभ कन्सर्ट हुनेछ।
यस मेलाको उद्देश्य ग्राहकहरूको मनोरञ्जनमा विशेष ध्यान दिनु हो। माघी मेला विशेष रूपमा लाइभ म्युजिक, विभिन्न फूड स्टल र विभिन्न ब्यान्डहरूको आकर्षक प्रस्तुति सहित आयोजना गरिनेछ।
साथै, मेलामा मनोरञ्जनका अन्य विविध कार्यक्रमहरू समेत हुनेछन्, जसले उपस्थित दर्शकहरूको अनुभवलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ।