• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, माघ २३, २०७९ | Monday 6th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ४ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • ६ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

संक्रमितको चाप र मृत्युदर घट्दै,जोखिम भने कायमै

  •  संवाददाता
  • मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी- दोस्रो लहरको कोरोना भाइरस फैलिएदेखि सुदूरपश्चिम प्रदेशका अस्पतालहरू भरिभराउ थिए। अस्पतालका इमर्जेन्सी वार्ड, ग्यालरी र आँगन समेतलाई नियाल्दा जताततै कोरोना संक्रमितले भरिभराउ भएको दृष्य देखिन्थ्यो।

    महामारी फैलिएसँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सर्जिकल वार्ड समेत कोरोना संक्रमित भरिए। कोरोनाका गम्भीर संक्रमित जसलाई अक्सिजन दिएर राख्नुपर्ने हुन्छ। त्यस्ता प्रकारका संक्रमितलाई समेत बेड अभावमा आँगनमै टेन्ट राखेर उपचार गराउनुपर्ने बाध्यता थियो।

    सेती प्रादेशिक अस्पतालको आँगनमै ८ वटा शय्या क्षमताको टेन्ट निर्माण गरिएकोमा उक्त टेन्टसमेत खचाखच बनेको थियो। तर हिजोआज अवस्था फेरिएको छ। संक्रमितको उपचारका लागि आँगनमा लगाइएको टेन्ट हटाइएको छ।

    इमर्जेन्सी वार्डमा उपचार गर्न आउने र भर्ना भएका संक्रमितको चापसमेत कम भएको अस्पतालले जनाएको छ। एउटै बेडमा दुई जनासम्म गरेर व्यवस्थापन गर्नुपर्ने झन्झटबाट हाल अस्पतालले मुक्ति पाएको छ।

    ८२ जना संक्रमित उपचाररत

    प्रादेशिक अस्पतालका अनुसार हाल कोभिड अस्थायी अस्पताल, इमर्जेन्सी वार्ड र सर्जिकल वार्डमा ८२ जना संक्रमित उपचाररत छन्। उनीहरूमध्ये इमर्जेन्सी वार्डमा १५ जना, सर्जिकल वार्डमा २० जना, आइसियुमा १५ जना र कोभिड अस्थायी अस्पतालमा ३२ जनाको उपचार भइरहेको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

    पछिल्लो एक साताको अवधिमा दैनिक औसतमा ८–१० जना संक्रमित डिस्चार्ज भइरहँदा सोही हाराहारीमा भर्ना भएपनि गम्भीर संक्रमितको संख्या कम भएको उनी बताउँछन्। ‘अस्पतालबाट डिस्चार्ज हुने र भर्ना हुनेको संख्या करिब करिब उस्ताउस्तै छ,’ श्रेष्ठले भने, ‘तर जटिल खालको स्वास्थ्य समस्या भएको र अक्सिजनको धेरै आवश्यकता पर्ने संक्रमितको संख्या तुलनात्मक रुपमा कम भएका कारण हामीलाई पनि व्यवस्थापनमा सहज भएको छ।’

    अस्पतालमा संक्रमित कम भएसँगै अक्सिजनको माग घट्दा आपूर्तिमा पनि सहज भएको हो। त्यसैमा हाल अस्पतालमा ३५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएकाले पनि खासै समस्या नरहेको श्रेष्ठ बताउँछन्।

    महाकाली अस्पतालमा ५० प्रतिशतले घट्यो संक्रमितको संख्या

    सेती प्रादेशिक अस्पतालपछि व्यवस्थापकीय समस्या व्यहोरिरहेको कञ्चनपुरको महाकाली अस्पतालमा पनि हाल कोरोना संक्रमितको चाप घटेको छ। दुई साता अघि उपचारका लागि पुग्ने संक्रमितको संख्या अहिले ५० प्रतिशतले कम भएको अस्पतालले जनाएको छ। जसमा गम्भीर संक्रमितको संख्या समेत कम भएका कारण अस्पतालले उपचारमा पहिले जस्तो समस्या भोग्नुपरेको छैन।

    ‘हामी कहाँ उपचारका लागि आउने संक्रमितको संख्या झन्डै ५० प्रतिशतले कम भएको छ,’ महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा। गोविन्द रोकायाले भने, ‘यसलाई सुखद पक्ष मान्नुपर्छ। सँगसँगै अर्को कुरा के छ भने विगतमा दैनिक २८–३० जना भर्ना हुन आउँथे। उनीहरू मध्ये ८० प्रतिशत केस गम्भीर खालका हुन्थे। तर अहिले १०–१५ जना आइरहेकोमा गम्भीर केस २ प्रतिशत मात्र छ।’

    प्राकृतिक रुपमा कोरोना भाइरस पनि कमजोर हुँदै गएको, मानिसहरूमा समयमै लापरवाही गर्नुहुँदैन भन्ने चेतना बढेको र स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण थप संक्रमण फैलिन नपाउँदा संक्रमण दर कम हुँदै गएको डाक्टर रोकायाले बताए।

    संक्रमणदरसँगै मृत्युदर पनि ओरालो

    दोस्रो लहरको कोरोना भाइरस फैलिएदेखि सुदूरपश्चिम प्रदेशमा एकैदिन सर्वाधिक ३१ जनाको मृत्यु र ११ सय बढीमा संक्रमण पुष्टि भएको रेकर्ड छ। तर पछिल्लो केही दिनयता यहाँ कोरोना संक्रमण र मृत्युदर ओरालो लागेको छ भने संक्रमण मुक्त हुनेको संख्या बढ्दो क्रममा छ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणअनुसार जेठ ६ गते सुदूरपश्चिममा ८ सय ४९ जना संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ। जेठ ७ गते एक हजार ९० जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएपनि जेठ ८ गते संक्रमण घटेर ५ सय २३ जना थपिँदा मृत्यु हुनेको संख्या १० मा झरेको छ।

    जेठ ९ गते अहिलेसम्मकै कम ३ सय ८४ जनामा मात्रै संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ। मृत्युदर न्यून हुन नसके पनि झण्डै दुई गुणाले कम हुनुलाई स्वास्थ्यकर्मीले सुखद् पक्ष भनेका छन्। क्रमिक रुपमा कम हुँदै जाने अपेक्षा पनि गरिएको छ।

    चिकित्सक भन्छन्, ‘जोखिम अझै कायमै’

    संक्रमण र मृत्युदर तुलनात्मक रुपमा कम तथा अस्पतालहरूमा संक्रमितको चाप घटेको देखिए पनि जोखिम भने कायमै रहेको चिकित्सकहरू बताउँछन्। सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डा। शेरबहादुर कमर भाइरस सबै एउटै अवस्थामा नरहने बताउँदै यो घटबढ भइरहने दाबी गर्छन्।

    उनी भन्छन्, ‘कुनै पनि भाइरस एउटा चरणमा निश्चित बिन्दुमा पुग्छ त्यसपछि विस्तारै घट्दै जान्छ। यो प्राकृतिक नियम नै हो। संक्रमणदर कम भयो भन्दैमा कोरोना भाइरस नियन्त्रणमा आइसक्यो भन्ने हुँदैन्। यसको जोखिम अझै कायमै छ।’

    मानिसहरूमा रोग प्रतिरोधी क्षमता वृद्धि हुँदै जानु, सचेतना वृद्धि, निषेधाज्ञाका कारण मानिसको आवतजावत कम हुनु तथा कमजोर प्रतिरोधी क्षमता भएका मानिसको मृत्यु लगायतका कारण संक्रमण कम भएको उनको भनाइ छ।

    ग्याँस उद्योगले मनपरी शुल्क लिएको गुनासो

    कोभिड–१९ महामारीको समयमा सुदूरपश्चिममा रहेको एकमात्र धनगढीस्थित मालिका ग्यास उद्योगले मनपरी शुल्क लिएको गुनासो उपभोक्ताले गरेका छन्। अक्सिजन खरिद गर्ने उपभोक्ताले तोकिएको भन्दा दोब्बर बढी मूल्य लिएको गुनासो गरेका हुन्। कोभिड संक्रमित बहिनीका लागि उद्योगबाट अक्सिजन खरिद गरेका धनगढीका एक युवकले भने, ‘प्रति सिलिण्डर चार–सय रुपैयाँ पर्छ भन्ने सुनेको थिएँ। तर उद्योगले एक सिलिण्डरको नौ सय रुपैयाँ लियो।’ उनका अनुसार नौ सयमा पनि अक्सिजन पाउन हम्मेहम्मे परेको थियो।

    प्रशासनले सोध्यो स्पष्टीकरण

    चर्को मूल्यमा अक्सिजन बिक्री वितरण गरिरहेको गुनासोपछि मालिका अक्सिजन उद्योगका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय कैलालीले स्पष्टीकरण सोधेको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले उद्योग सञ्चालकलाई प्रशासन कार्यालयमा बोलाएर स्पष्टीकरण सोधेको बताए।

    चौधरीले भने, ‘मौखिक जवाफमा उद्योग सञ्चालकले बढी मूल्य नलिएको दाबी गरेको छ। तर हामीले लिखित स्पष्टीकरण भने बुझाउन निर्देशन दिएका छौं।’

    यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अक्सिजन उत्पादनको लागत बढेको र मूल्य पनि बढाउन पर्ने उद्योगबाट माग आएको बताए।

    ‘महामारीको समयमा मूल्य बढाउँदा ठिक हुँदैन भनेर हामीले उद्योग सञ्चालकलाई भनेका छौ,’ जोशीले भने, ‘आज पनि हामी उद्योगको अनुगमनमा गइरहेका छौं। चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही हुन्छ।’

    यता उद्योग सञ्चालकले भने प्रशासनले स्पष्टीकरण सोधेपछि तोकिएको मूल्यमा नै अक्सिजन सिलिण्डर बिक्री गरिरहेको बताए।

    • मृत्यु
    • संक्रमित
    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.