दार्चुला – दार्चुलामा एक पुरुषको शव फेला परेको छ । दुहुँ गाउँपालिका–२ हिकिलाका ४६ वर्षीय हर्क सिंह बडाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले बताए । जिल्लाको दुहुँ गाउँपालिकामा–५ सुतखोला, थाममा शव फेला परेको हो ।
बिहीबार घरबाट सदरमुकाम खलंगा जान्छु भनेर हिँडेका बडाल शनिबार दिउँसो मृत फेला परेका हुन् । शव भेटिएको ठाउँको प्रकृति हेर्दा भीरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक जोशीले बताए ।


