धनगढी उपमहानगरपालिकाले वडामै गएर कोरोना परीक्षण गर्न थालेको छ।टाढाका स्थानीयलाई सहज होस् भनेर वडामै पुगेर कोरोना परीक्षणका लागि स्वाब संकलनको काम सुरू गरिएको नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए।
उनका अनुसार सोमबारदेखि स्वास्थ्यकर्मीहरूले टाढाका वडामा पुगेर लक्षण देखिएकाहरूको एन्टिजेनमार्फत् कोरोना परीक्षण गर्न थालेका छन्।
‘उपमहानगरपालिकाले सञ्चालन गरेको स्वाब परीक्षण केन्द्रसम्म पुग्न समस्या भएका वडामा टोलमै पुगेर कोरोना परीक्षण सुरू गरिरहेका छौं, साथै संक्रमित भएकालाई स्वास्थ्य सामग्री, औषधीहरू वितरण गरिरहेका छौं’, नगर प्रमुख वडले भने।
धनगढी उपमहानगरपालिकाले कार्यालय अगाडि आफ्नै स्वाब संकलन केन्द्र स्थापना गरेर गत वर्षदेखि नै निस्शुल्क स्वाब संकलन गर्दै आइरहेको छ।