• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, चैत ०९, २०७९ | Thursday 23rd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

कोरोना त्रास :अस्पतालमा बिरामी र कुरुवाको चीत्कार

  •  संवाददाता
  • बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी — सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी फाँटका सिनियर स्वास्थ्यकर्मी राधाकृष्ण चौधरी आइतबार हतास मनस्थितिमा देखिन्थे । उनी एक बिरामीका बारेमा बुझ्न आएका आफन्तलाई धेरै बेर नबस्न, मास्क र फेससिल्ड राम्रोसँग प्रयोग गर्न भनिरहेका थिए । उनी अस्पतालभित्र कोभिड १९ का बिरामीको हाच्छ्युँ र खोक्दा हावामा समेत भाइरस उडिरहेको छ, भन्दै सतर्क गराउँदै थिए ।

    उनले उपचारमा खटिएका स्वास्थ्यकर्मी, कुरुवा र भेट्न आउन बिरामीका आफन्तहरूले सावधानी अपनाउन नसके बच्न मुस्किल रहेको बताए । ‘हरघडी बिरामीलाई कहाँ राख्ने तनावमा रहनुपरेको छ,’ उनले भने । उनी आफू इमर्जेन्सी फाँटमा आएका बिरामीहरूलाई ठाउँ मिलाउन व्यस्त देखिन्थे । अस्पतालको इमर्जेन्सी कक्षमा कोरोना पोजिटिभ र अन्य बिरामीले भरिएको थियो । यहाँ बिरामीको कोलाहल र छटपटी मात्रै देखिन्थ्यो ।

    उनले आपत्कालीन अवस्थामा आएका बिरामीको पहिलो ‘होल्डिङ सेन्टर’ नै इमर्जेन्सी फाँट भएकाले सबैखाले बिरामी पहिले यही भर्ना हुने गरेको बताए । ‘इमर्जेन्सीबाटै स्वाब लिएर कोरोना परीक्षण गर्न पठाउने गरेका छौं,’ उनले भने, ‘पोजिटिभ पुष्टि भएपछि कोरोना बेडमा भर्ना गर्न पठाउने गरेका छौं ।’ अन्तिम अवस्थामा अस्पताल आउनेहरूको त रिपोर्ट आउने बेलासम्म ज्यान गइसक्ने गरेको उनले बताए ।

    ‘मैले आफ्नो ३२ वर्षे सेवा अवधिमा यस्तो विपत्ति कहिल्यै देखेको थिइनँ,’ उनले भने । उनका अनुसार २०५१र५२ मा इन्सफ्लाइटिस र औलो पनि महामारीका रूपमा फैलिएको थियो । त्यसबेला पनि बिरामीले अस्पतालमा शय्या यसरी नै भरिएका थिए । उनले भने, ‘तर यस्तो मृत्युको चीत्कार सुन्न परेको थिएन ।’

    अहिलेको चुनौती, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफू पनि बच्ने र बिरामीको पनि सेवा गर्नु रहेको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले हालसम्म सेती अस्पतालका १२ स्वास्थ्कर्मी संक्रमित भइसकेको बताए । ‘निको भएर पुनः निडरताका साथ काममा फर्केका छन्,’ उनले भने, ‘यसरी फर्कन नसकेको भए अहिले बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव बढ्थ्यो ।’

    बिरामीको छटपटी

    अस्पतालमा भर्ना भएका बिरामीलाई आत्मबल बढाइदिने स्वास्थ्यकर्मीबाहेक अरू कोही छैनन् । अधिकांश संक्रमितका कुरुवा पनि कोही छैनन् । ‘मृत्यु शय्यामा रहेझैं भइरहेको छटपटी नजिक पनि कोही नआउँदा मनोबल झन् कमजोर हुने गरेको छ,’ संक्रमित जगदीश सेटीले भने ।

    कञ्चनपुर गुलरिया घरभएका सेटीले आफू र आमालाई सास फेर्न गाह्रो भएपछि वैशाख २९ गते अस्पताल भर्ना भएको बताए । ‘सुरुमा नोभा अस्पतालमा भर्ना भएका थियौं,’ उनले भने, ‘त्यहाँ अक्सिजन नपाउने भएपछि सरकारी अस्पताल सेतीमा भर्ना भयौं ।’ उनको घरमा श्रीमती होमआइसोलेसनमा छिन् । बालबच्चालाई आफन्तको घरमा पठाएका छन् ।

    उनले सास फेर्न गाह्रो भएर छटपटाउँदा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीसमेत नआइदिँदा ठूलो पीडा हुने गरेको सुनाए । उनले यो साता स्वास्थ्यमा सुधार आएको बताए । तर उनकी आमालाई अझै अक्सिजन चाहिन्छ । ‘अक्सिजनका लागि निकै हारगुहार गर्नुपर्‍यो,’ उनले भने, ‘आइतबारदेखि मात्रै अक्सिजन मिलेको छ ।’

    गोदावरी अत्तरियाका बीरबहादुर बोगटीले सरकारी अस्पताल र स्वास्थ्य चौकी खाली भवन जस्तो लागेको बताए । ‘अस्पतालमा बिरामीले ज्यान जोगाउनभन्दा होमआइसोलेसनमा जोगिएला जस्तो लाग्यो,’ उनले भने, ‘घरमा समयमा त बिरामीले तातोपानी त पाउँथ्यो । यहाँ त समयमा तातोपानीसमेत पाउन सकिएन ।’ उनले अस्पतालमा बिरामीले आफ्नो मन आफैंले बलियो बनाएर राख्न सक्नेहरूले मात्रै कोरोना जितेर घर गएको बताए ।

    अस्पतालभित्र हरेक दिन मृत्यु भएर बेड खाली हुन लागेको देख्दा अन्य बिरामीको मन कमजोर भएको आफ्ना दाजुको निधन भएका एक कुरुवा सुनाए । ‘दाजुका लागि चार दिन अस्पताल बसेको थिएँ,’ उनले भने, ‘अस्पताल भर्ना गर्दा दाजुको स्वास्थ्य अवस्था ठिकै थियो । बिरामीको चीत्कार र छटपटी देखेर, सुनेर दाजुको स्वास्थ्यस्थिति बिग्रिएर मृत्युवरण गरे ।’

    अस्पतालका सूचना अधिकारी श्रेष्ठले अहिले अक्सिजनको आपूर्ति सहज भएको बताए । पछिल्लो सातामा अस्पतालमा संघीय, प्रदेश सरकार र मनकारीको सहयोगबाट ३६ वटा अक्सिजन कन्टस्ट्रेटर स्थापना भएपछि बिरामीले अक्सिजन पाइरहेको बताए ।

    यसैबीच श्रेष्ठका अनुसार कोरोनाको दोस्रो लहरले सेती अस्पतालमा दिनहुँ पाँचरसात जनाको मृत्यु भएको छ । यो साता मृत्युदर घटेको छ । वैशाख १० देखि अहिलेसम्म १ सय २७ कोरोनाका बिरामीको अस्पतालमा मृत्यु भएको छ । अधिकांश बिरामी अक्सिजन नपाएर मृत्यु भएको स्वास्थ्यकर्मीले स्विकारेका छन् ।  श्रोत : कान्तिपुर/मोहन बुढा ऐर

    • चीत्कार
    बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
    गँड्यौली मल उत्पादन प्रविधी 
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.