काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीहरूलाई निःशुल्क किमोथेरापी प्रदान गर्ने घोषणा गरेका छन् । पोखराको सीतलादेवी स्कुलमा आयोजित एचपीभी खोप अभियानको उद्घाटन कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
उनले क्यान्सर रोकथाम तथा उपचारमा सरकारको विशेष ध्यान रहने बताए । ‘क्यान्सर नियन्त्रण केवल उपचारमा भर पर्ने होइन, बरु निरोधात्मक उपायहरू अवलम्बन गर्नुपर्छ,’ उनले भने, ‘हालसम्म उपचारमा ठूलो आर्थिक भार पर्ने हुन्छ । अब रोकथाम, शीघ्र पहिचान र न्यून लागतमा उपचारलाई प्राथमिकता दिइनेछ ।’


