दार्चुला । दार्चुलाको नौगाडमा टिप्पर दुर्घटना भएको छ । शुक्रबार इन्द्रधनुस हटैराज कन्सट्रक्सनको सुपप्र ०१००१ क १५४० नम्बरको टिप्पर दल्लेख गोकुलेश्वर सडक खण्ड अन्तरगत नौगाड गाउँपालिका वडा नम्बर ३ खारखोलामा माटो फाल्ने क्रममा ब्याक भइ अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।
दुर्घटनामा टिप्पर चालक बैतडीको सुनर्या गाउँपालिका वडा नम्बर १ गोबडा घर भएका २९ वर्षीय देव बहादुर चन्द घाइते भएको नौगाडबाट लोकदर्पण सामाचारदाता नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । उक्त टिप्पर हटैराज निर्माण सेवाको रहेको बताइएको छ । घाइते चालकलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


