दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी जगदीश चन्द्र अवस्थीको आईतबार मृत्यु भएपछि गाउँपालिकाले आज सोमबार शोक बिदा दिएको हो ।
कार्यालयका कर्मचारीको मृत्यु भएको शोकमा गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिईएको गाउँपालिकाका सूचना अधिकारी सुरज प्रसाद जोशीले जानकारी दिए । उनले गाउँपालिकामा रहेका अत्यावश्यक बाहेकका सबै कार्यालयहरुमा बिदा दिईएको बताए ।